- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने उद्घोष गरेको छ । सोमबार व्यवस्थापिका संसद बैठकमा आर्थिक वर्ष २०७४/०७५ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने उदघोष गरेका हुन् ।
विद्युत् उत्पादनमा स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने भन्दै मन्त्री महराले वैदेशिक रोजगारमा रहेका नेपालीहरुबाट पनि लगानी संकलन गर्ने बताए ।
उनले भने, ‘निजामती कर्मचारीहरुको लगानीबाट ५ सय मेगावाट विद्युत उत्पादन गरिनेछ ।’ स्वदेशी लगानी आकर्षित गर्न नयाँ विद्युत खरिद दर लागू गर्ने योजना रहेको समेत अर्थमन्त्री महराले सुनाए ।
उर्जा क्षेत्रको विकासको आधार र उज्यालो अभियानलाई तीब्रता दिने बताउँदै महराले उर्जा क्षेत्रको विकासका लागि ३२ अर्ब ४७ करोड विनियोजन गरेको सुनाए । यसअघि मूख्य तीन दलका राजनीतिक दलले घोषणापत्रमा १० वर्षमा १५ हजार मेगावाट देखि २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने आश्वासन बाँडेका थिए ।