arrow

तलव भत्ता दलित विद्यार्थीको शिक्षामा खर्चिने लिखु अध्यक्षको घोषणा

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
likhu-adhakshaya.jpg

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले आफूलाई सरकारले दिने तलवभत्ताको रकम दलित विद्यार्थीको उच्च शिक्षको लागि खर्च गर्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट लिखु गाउँपालिकाको अध्यक्षमा निर्वाचित श्रेष्ठले आफूलाई राज्यले तलव तथा भत्तावापत प्राप्त हुने रकम लिखु गाउँपालिकाभित्रका दलित बालबालिकाको उच्च शिक्षा को लागि छात्रवृत्तिवापत प्रदान गर्ने घोषणा गरेका हुन् । दलित विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच बढाउनको लागि श्रेष्ठको अभियान सहयोगी हुने नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सचिव रामजी पौडेलले बताए । आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीको उच्च शिक्षा अध्ययनको लागि श्रेष्ठले वार्षिक दश हजार रुपैयाँका दरले प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

यस अघि २०४९ र २०५४ सालमा चौघडा गाविसको अध्यक्ष हुँदा पनि श्रेष्ठले तलव भत्ता विकास निर्माणमा खर्च गर्दै आएका थिए । स्थानीय निकायको निर्वाचनमा पनि श्रेष्ठले चौघडा गाविसबाट विजयी भएका थिए ।

लिखु गाउँपालिका खानीगाउँ, सुर्यमति, चौघडा, थानसिं गाविसलाई मिलाएर नयाँ गाउँपालिका घोषणा गरिएको हो । लिखु गाउँपालिकामा एमालेको बहुमत भएपनि अध्यक्ष पद भने नेपाली कांग्रेसले जितेको हो । उपाध्यक्षमा नेकपा एमालेका रहेका छन् ।  स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ  नेकपा एमाले प्रदिप पाठक सुमनलाई हराउँदै गाउँपालिकाका अध्यक्ष बनेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ