arrow

बाजुरामा २ अर्बको बजेट विनियोजन

logo
प्रकाशित २०७४ जेठ १८ बिहिबार
bajura-district.png

बाजुरा । सरकारले आर्थिक वर्ष २०७४-७५ का लागि १ अर्ब ९४ करोड ५८ लाख बजेट विनियोजन गरेको छ । जिल्लाका नौवटा स्थानीय तहका लागि सो बजेट विनियोजन गरिएको हो ।

जिल्लाको बूढीनन्दा नगरपालिकाका लागि  २५ करोड ३९ लाख २४ हजार, त्रिवेणी नगरपालिकाका लागि  २३ करोड ५५ लाख २१ हजार, बूढीगङ्गा नगरपालिकाका लागि २४ करोड ९२ लाख २४ हजार र बडिमालिका नगरपालिकाका लागि  २५ करोड १२ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै हिमाली गाउँपालिकाका लागि  १८ करोड ४१ लाख ३७ हजार, स्वामीकार्तिक गाउँपालिकाका लागि  २१ करोड ४७ लाख ८६ हजार, गौमुल गाउँपालिकाका लागि  १६ करोड ५३ लाख ४९ हजार र छेडेदह गाउँपालिकाका लागि  २३ करोड ३९ लाख ६३ हजार बजेट विनियोजन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ