arrow

प्राधिकरणका लुक्ला प्रमुखले भने -'गोमा एयर दुर्घटना हुँदा बिदामा थिएँ'

logo
प्रकाशित २०७४ जेठ १८ बिहिबार
goma-news1.jpg

काठमाडौ  । नागरिक उड्डयन प्राधिकरण लुक्ला विमानस्थलका प्रमुख योगिन्द्रनाथ कुँवरले गोमा एयरको विमान दुर्घटना हुँदाका बखत आफू बिदामा रहेको बताएका छन् ।

स्वास्थ्य समस्याका कारण आफूले १५ दिनको बिदा लिएको र बिदा दुई दिन बाँकी छँदा दुर्घटना भएको उनको भनाइ छ । दुर्घटना भएको भोलिपल्ट आफू लुक्ला पुगी त्यहाँको विमानस्थल प्रशासन सम्हालेको उनले बताए । कुँवरका अनुसार विमान अवतरणका समयमा मौसम राम्रो रहेको अभिलेखबाट देखिन्छ ।

गोमा एयर दुर्घटनाका क्रममा छानबिनका लागि केन्द्रीय कार्यालय झिकाइएका कुँवर बिहिबार काठमाडौँ आएका छन् ।  अहिले लुक्ला विमानस्थलको प्रमुखमा बच्चुनारायण श्रेष्ठलाई काजमा पठाइएको बुझिएको छ ।

बिदा रेकर्ड नदेखिएको सन्दर्भमा कुँवरले आफूले १५ दिनका लागि बिदा मागेकोमा सात दिनको बिदा रेकर्डसहित र बाँकी मौखिक स्वीकृति लिइएको दाबी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ