arrow

हेटौंडामा जग्गा प्लटिङ प्रतिवन्ध, घर बनाउँदा ३ वटा रुख अनिवार्य

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
platting_land.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले भू-उपयोग नीतिलाई कार्यान्वयन गर्ने भन्दै जग्गा प्लटिङमा रोक लगाएको छ। हेटौडामा जताततै खेतीयोग्य जमिन समेत प्लटिङ गर्दै घडेरीका रुपमा बिक्री भईरहेको समयमा अब प्लटिङलार्इ स्वीकृत नदिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।

सोको लागि हेटौंडाका नवनिर्वाचित उपमेयर मिना लामाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । समितिले अन्तिम प्रतिवेदन नदिएसम्म नयाँ प्लटिङ गर्न नपाइने गरी रोकिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । नवनिर्वनचित जनप्रतिनिधिहरुको  बैठकले वृद्ध भत्ता घरघरमै पुर्याउन आवश्यक व्यवस्था मिलाउने, खाइपाई आएको वृद्ध भक्तामा १ सय रुपैँया बढाउने बिषयमा  समेत बैठकले छलफल गरेको छ । 

मेयर हरिबहादुर महतको अध्यक्षतामा बसेको  बैठकमा वडा अध्यक्षहरुसमेत सहभागी थिए । बैठकले हेटौडामा अब बन्ने घरको प्राङगणमा तीन वडा बिरुवा हुर्काउनुपर्ने निणय गरेको छ । बिहीबार बसेको पहिलो नगरकार्यपालिकाको बैठक निर्वाचित जनप्रतिनिधिहरुको करीव २० वर्षपछि बसेका हुन् । 

बैठकले उपमहानगरबाट घर निर्माण गरिसकेको सम्पन्नता प्रमाणपत्र लिनका लागि तीनवटा बिरुवा हुर्काउनुपर्ने निणय गरिएको हो । यो निणय संगै अब हेटौडामा निर्माण हुने घरधनिहरुले तीवटा बिरुवा रैपनुपनेछ।यसैगरी, हेटौंडा उपमहानगरपालिकाले वडा सचिवहरुको जिम्मेवारी परिवर्तन समेत गरेको छ । वडा अध्यक्षहरुलाई काम गर्न सजिलो होस् भन्ने अभिप्रायले एक सहायक स्तरको कर्मचारी, एक जना सहयोगी र कम्तीमा नायब सुब्बा सचिव हुनेगरी जिम्मेवारीमा फेरबदल गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ