arrow

जेष्ठनागरिकको सुविधाकालागि होडबाजी, ७० कटेकालाई तीर्थयात्रा निशुल्क !

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
old-age-jestha-nagarik.jpeg

काठमाडौं । कतै बृद्धभत्ता को त कतै महानगर तथा नगरभत्ताको रुपमा जेष्ठ नागरिकहरुको सम्मान गर्दै आएका स्थानीय तहहरुले नयाँ ढंगले जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय गरेको छ । नवलपरासीको गैँडाकोट नगरपालिकाले सम्भवतः नेपालमै पहिलो पटक ज्येष्ठ नागरिकलाई निःशुल्करुपमा सवारी यात्रा गर्न सकिने व्यवस्था मिलाएको हो । 

यस अघि काठमाडौं महानगरपालिका लगायतका केही नगरपालिका तथा गाउँपालिकाले बृद्धभत्ता बढाउँने निर्याय गरिरहेको बेलामा गैँडाकोट नगरपालिका कार्यालयले गैँडाकोट नगर क्षेत्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि सिटी बसमार्फत निःशुल्क यात्रा गर्न सकिने गरी व्यवस्था मिलाएको हो । गैँडाकोटका ज्येष्ठ नागरिकले स्थानीयस्तरमा गैँडाकोट र चितवनको भरतपुरको सबै क्षेत्रदेखि पश्चिममा नवलपरासीको रजहरको शाश्वतधाम, पूर्वमा देवघाटसम्मको धार्मिक यात्रा अब निःशुल्क गर्न पाउने गैँडाकोट नगर कार्यपालिकाले जनाएको छ । 

अबदेखि गैँडाकोटको महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्रमा, घनाबस्ती भएका सम्पूर्ण क्षेत्रमा कुना कुनामा सिटी बस जाने भएको छ । त्यसका लागि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले आ–आफ्नो वडा कार्यालयबाट निःशुल्क यात्राको सिफारिस लिई सिटी बसको कार्यालयमा गएर परिचयपत्र बनाउन सकिने गैँडाकोट नगरकार्यपालिकाले जनाएको छ । 

ग्लोबल मेट्रो सिटी बस प्रालिका अध्यक्ष बद्रीप्रसाद अधिकारीका अनुसार बिहान ६ देखि बेलुका ७ बजेसम्म नारायणगढदेखि शाश्वतधामसम्म ६ वटा बस सञ्चालनमा आउनेछन् । त्यसैगरी, स्थानीयस्तरमा पनि सिटी बसमा निःशुल्क यात्रा गर्न ज्येष्ठ नागरिकलाई व्यवस्था मिलाइएको गैँडाकोट नगरकार्यपालिकाले जनाएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ