arrow

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा अख्तियारद्वारा पक्राउ

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
chudamani-sharma.jpg

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । राजश्व हिनामिनाको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो । 

अख्तियार स्रोतका अनुसार कर निर्धारण र कर फर्छ्यौट गर्दा शर्माले गरेका यावत निर्णयहरुमा गैरकानूनी नियत भेटिएकोले उनलाई दिउँसो १२ बजेतिर राजश्व विभागको कार्यालयबाट पक्राउ गरिएको हो । उनलाई अहिले अख्तियारको हिरासतमा नै राखिएको छ । 

लामो समयदेखि आन्तरिक राजश्व विभागमा कार्यरत रहेका शर्मा कहिले कुन् त कहिले कुन् विषयमा विवादमा आर्इरहेका व्यक्ति हुन् । अहिले उनलार्इ कुन् कुन् शीर्षकमा कर निर्धारण गर्दा बदनियत राखिएको भन्ने विषयमा स्पष्ट खुलार्इएको छैन। तर, अख्तियार स्राेतका अनुसार निजी क्षेत्रसँग साँठगाँठगरी अकूत सम्पत्ति कमाएको आरोप लगार्इएको छ । 

शुक्रबार नै अख्तियारले कर फछ्र्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न शर्मालाई बोलाएको थियो । सो अवसरमा शर्माले विभिन्न फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको पाएपछि अख्तियारले शर्मालाई पक्राउ गरेको हो । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ