arrow

प्रधानमन्त्रीको निर्वाचनः देउवाको प्रस्तावक–समर्थकमा प्रचण्ड र रामचन्द्र

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
prachanda-deuba.jpg.jpeg

काठमाडौं । नयाँ प्रधानमन्त्री पदका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा उठाउँदै छ । 

भद्र सहमतिका आधारमा सत्ताको नेतृत्व कांग्रेस सभापति देउवालाई सुम्पिन लागेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवाको मनोनयन पत्रमा प्रस्तावकको रुपमा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थकको रुपमा रहने गरी उम्मेदवारी मनोनयन दर्ता हुँदै गरेको स्रोतले बताएको छ । 

गत वर्ष साउनमा भएको प्रधानमन्त्री पदको निर्वाचनमा प्रचण्डको मुख्य प्रस्तावक बनेर अत्यधिक बहुमतले जिताउन क्रियाशील रहेका देउवालाई अहिले प्रचण्ड स्वयं प्रस्तावक बनेर गठबन्धनलाई मजबुद पार्न लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड प्रस्तावक र नेता पौडेल मुख्य समर्थकका रुपमा रहेपनि सरकारको समर्थनमा रहेका अन्य साना दलका नेताहरुले पनि समर्थकको रुपमा देउवाको मनोनयन पत्रमा हस्ताक्षर गर्ने सम्भावना रहेको छ ।

संविधानको धारा २९८ को उपधारा ३ बमोमिज बहुमतीय प्रक्रियाबाट संसदले आइतबार मतदान गरी प्रधानमन्त्रीको चयनका लागि निर्वाचन समितिले शनिबार ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय सार्वजनिक गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ