arrow

बूढीगण्डकी अगाडि बढाउन प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
budhigandaki.jpeg

काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप एन्ड कम्पनी (सिजिजिसी)बीच प्रारम्भिक सम्झौतापत्रमा (एमओयू)मा हस्ताक्षर भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनालाई अगाडि बढाउन सरकारका तर्फबाट भएको यो पहिलो सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा ऊर्जामन्त्री जनार्दन शर्मा र सिजिजिसीका प्रतिनिधिबीच दुईपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

कुल एक हजार २०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भइसकेको छ । करिब रु तीन खर्ब लाग्ने सो आयोजनाको सम्पूर्ण लगानी चिनियाँ कम्पनीले गर्ने र निर्माण सम्पन्न भएपछि आयोजना सरकारलाई हस्तान्तरण गरिनेछ ।

ऊर्जामन्त्री शर्माले नेपालको इतिहासमा नै पहिलो पटक ठूलो आयोजना अगाडि बढाउने विषयमा हस्ताक्षर भएको राससलाई जानकारी दिए। आयोजनाले चालु आवमा १५ अर्ब मुआब्जा वितरण गर्नेछ । नेपाल आयल निगमले भन्सार बिन्दुमा नै प्रतिलिटर पाँच पूर्वाधार करमार्फत उठाएको रकम नौ अर्ब बढी पुगिसकेको छ । यस्तै सरकारले पाँच अर्ब मुआब्जा वितरणका लागि छुट्याइएको छ । हस्ताक्षर समारोहमा ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपालका लागि चिनियाँ राजदूत यू होङलगायतको उपस्थिति थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ