arrow

राजनीतिक नेतृत्व इमान्दार भए परिवर्तन सम्भव छ भन्ने स्थापित भयोः प्रधानमन्त्री

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
prachanda-aaaa.JPG.jpeg

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक बलका साथ निश्चित लक्ष्य तय गरेर अगाडि बढ्ने हो मुलुकको आर्थिक समृद्धि र विकासका लागि लामो समय कुर्नु नपर्ने बताएकाछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयन र आर्थिक वृद्धिको क्षेत्रमा गरेको सकारात्मक प्रयास आगामी दिनका लागिसमेत प्रेरणाको स्रोत हुने बताए।

आफू प्रधानमन्त्री बन्दा संविधान कार्यान्वयन होला कि नहोला, मधेस केन्द्रित दल स्थानीय तहको निर्वाचनमा आउलान् कि नआउलान् भन्ने खालका आशङ्का कायम रहेको भए पनि सकारात्मक पहलले सकारात्मक नतिजा प्राप्त भएको उनको भनाइ थियो।

मधेस केन्द्रित दललाई संविधान स्वीकार गर्ने अवस्थामा ल्याइ पुर्‍याइएको, संविधानको सर्वस्वीकार्यता बढेको, पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “मुख्य विषय राजनीतिक नेतृत्वले मुलुकलाई कसरी निकास दिने र गुणात्मक रुपमा आर्थिक समृद्धि कसरी हासिल गर्ने भनेर केन्द्रित भयो भने प्रतिफल दिन सकिन्छ भन्ने पछिल्लो दश महिनाले आम जनतामा सकारात्मक धारणा स्थापित गरिदिएको छ।”

सबै राजनीतिक शक्तिलाई एकै ठाउँमा ल्याउने, मधेस, पहाड, हिमाल बीचमा एकता बनाइराख्न आफू र आफ्नो नेतृत्वको सरकार सफल भएको प्रधानमन्त्रीको भनाइ छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन बाँकी भए पनि त्यसको आधारशीला खडा भएको, प्रदेश तथा केन्द्रीय संसद्को निर्वाचन हुने वातावरण पनि बनेको भन्दै उनले स्थानीय तहमा पुगेको अधिकार हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि भएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ