arrow

अख्तियारको फन्दामा परेका महानिर्देशक शर्मा अस्पताल

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
Chudamani-Sharma.jpg

काठमाडौं । राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआको फन्दामा परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अस्पताल लगिएकाे छ ।

स्वास्थ्यमा खराबी आएको भन्दै शर्मालाई सोमबार दिउँसो वीर अस्पताल लगिएकाे बताइएकाे छ । अख्तियारबाट नियमित स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । उनका अनुसार शर्मालाई नियमित चेकजाँचका लागि अस्पताल लगिएको हो ।

कर फर्स्यौट आयोगको भूमिका निभाउँदा अनियमितता गरेको भन्दै छानविनका लागि बोलाएको बेला अख्तियारले शर्मालाई शुक्रबार पक्राउ गरेको थियो ।

अख्तियारले आइबार विशेष अदालतमा पेश गरेर शर्मालाई थप अनुसन्धानका लागि म्याद थप गराएको छ । अख्तियारको फन्दामा परेपछि शर्मा अकुत सम्पति कमाएकोमा पनि मुछिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ