arrow

पाकिस्तान भन्दा भारतको 'फोरजी' सेवा झुर

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
4g.jpg

एजेन्सी । भारत फोरजी सेवामा पाकिस्तान र श्रीलंका भन्दा तल रहेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कका अनुसार भारतका सबै टेलीकम अपरेटर्सको डाउनलोड स्पीडमा गिरावट आएको छ ।  भारत इन्टरनेट स्पीडमा विश्वको ७४ औँ स्थानमा रहेको छ । जुन छिमेकी मुलुक  पाकिस्तान र श्रीलंकाको भन्दा पनि कम हो । विश्वभर औसत फोरजी डाउनलोड स्पीड १७.४ मेगाबाइट पर सेकेण्ड (एम.बी.पी.एस.)  रहेको छ । भने भारतमा यो स्पीड रहेको छैन ।  जसकारण फोरजी स्पीडमा  पाकिस्तान र श्रीलंका भारत भन्दा राम्रो स्थानमा रहेका छन् ।

भारतमा डाउनलोड स्पीड पिछिल्लो ६ महिनामा १ मेगाबाइट प्रति सेकेण्ड भन्दा कम भएको देखिएको छ । ७५ देशहरुको सुचिमा भारत ७४ औँ स्थानमा रहनुको मुख्य कारण पनि यहि हो । उक्त सुचिमा पाकिस्तान र श्रीलंका भारत भन्दा अगाडि रहेका छन् भने कोस्टा रिका भारत भन्दा पछाडि रहेको छ ।  

ओपनसिग्नलले गरेको 'स्टेट अफ एल.टी.ई.' को रिपोर्ट अनुसार , २०१६ मा  भारतको फोरजी एवेबिलिटी ७१.६ प्रतिशत रहेको थियो । जुन २०१७ को पहिलो तीन महिनामा बढेर ८१. ६ प्रतिशत पुगेको छ । तर भारतमा फोरजी डाउनलोडको औसत स्पीड ५.१ मेगाबाइट पर सेकेण्ड मात्र रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ