arrow

‘साफ’ फाइनल भिडन्त : अफ्गानिस्तानको चाहना सुखद बहिर्गमन, भारत बदला लिने

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
SAFF.jpg.jpeg
काठमाडौं । भारतको केरलामा जारी ११ औं साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल साँझ पौने सात बजे त्रिबेन्द्रममा हुँदैछ । च्याम्पियनसिपको उपाधि भिडन्त आयोजक भारत र डिफेन्डिङ च्याम्पियन अफ्गानिस्ताबीच हुनेछ । दुई वर्ष अघि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागि भएको अफ्गानिस्तानले फाइनलमा भारतलाई हराएर उपाधि कब्जा गरेको थियो । 
 
अन्तिम साफ च्याम्पियनसिप खेलिरहेको अफ्गानिस्तान फेरि पनि चिर परिचित प्रतिद्वन्द्वी भारतलाई हराएर दक्षिण एसियाली फुटबलबाट सुखद बविहर्गमन चाहन्छ । आगामी वर्षदेखि अफ्गानिस्तान एशियाली फुटबल महासंघ एएफसीको दक्षिण एशीयाली समूह त्यागेर मध्य एशियाली फुटबल समूहमा सामेल हुनेछ । 
 
हाल सम्म सबैभन्दा बढी उपाधि हत्याउने भारत घरेलु मैदानमा अघिल्लो हारको बदला लिने सुरमा छ । प्रतियोगितामा भारत भन्दा अफगानिस्ताको प्रदर्शन बढी सशक्त देखिएको छ । सेमिफाइनलमा समेत भारतले माल्दिभ्सलाई ३–२ ले जित्दा अफ्गानिस्तानले श्रीलंकालाई ५–० ले स्तब्ध पार्दै फाइनल भेट तय गरेका थिए । भारत ६ पटक विजेता बन्दा अफगानिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले एक–एक पटक प्रतियोगिताको साफ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
 



नयाँ