arrow

वाई फाई सुस्त भएर दिक्क लाग्यो ? तीब्र बनाउन अपनाउनुहोस यी उपाय

logo
प्रकाशित २०७४ जेठ २७ शनिबार
wifi-slow.jpg

एजेन्सी । आजकल  वाई-फाई मानिसहरुको जिवनको हिस्सा बनेको छ । जस्तै बिजली र पानी बिना आजकल काम गर्न सकिन्न , त्यस्तै वाई-फाई बिना पनि काम चलाउन मुश्किल भएको छ । बाइरलेस प्रविधिले तपाई  तारको झमेला नलिइकन कहि बसेर कम्‍प्यूटर, ल्याप‍टप , ट्याबलेट वा मोबाइलमा जस्ता डिभाइसमा आरामले काम गर्न सक्नुहुन्छ ।  तर कयौ पटक वाई-फाईको स्पीड स्लो हुनाले तपाईलाघ दिक्क लाग्न सक्छ ।  यदि तपाई पनि यस्तै समस्यामा हुनुहुन्छ भने  हामि तपाईलाई केहि यस्ता उपाय बताउछौ, जसले तपाई आफ्नो  वाई-फाईको सुस्त (स्लो) स्पीडलाई तीब्र गर्न सक्नुहुनेछ ।


राउटरलाई  सही ठाँउमा राख्नुहोस । राउटरलाई  जहाँ पायो त्यहि राख्नाले  वाई-फाईको  स्पीड स्लो हुन्छ । यदि राउटर आफु बसे भन्दा तल ठाँउमा राखिए वा त्यसको अगाडि केहि सामान राखिएको भए सिग्नल सही तरिकाले पाउन सकिन्न । त्यसैले  राउटरलाई सधै उचाइमा राख्नुहोस । यसले वाई-फाईको स्पीड पनि बढ्नेछ र अन्य तरहको हस्तक्षेपबाट पनि बचाउन सकिन्छ ।

राउटरको नजिक रहनुहोस । यदि तपाई आफ्नो राउटर भन्दा टाढा हुनुहुन्छ भने त्यसको सिग्नल कमजोर हुन्छ । त्यसैले आफ्नो डिभाइसँग  राउटर नजिक रहनुहोस । राउटरलाई तपाई  घरको बीचमा राख्नाले पनि चारै तर्फ सिग्नल गइ सबै  तिर वाई-फाई चलाउन सकिन्छ ।  

लाइट भन्दा टाढा राख्नुहोस ।  क्रिसमस लाइट वा फेयरी लाइटले पनि वाई-फाईलाई स्लो बनाउछ । यी लाइटले इलेक्ट्रोम्याग्नेट वेव्स छोडछ जुन वाई-फाई ब्याण्डसँग इन्टरेक्ट गर्छ । फ्लास वाला लाइट प्रयोग गर्नाले पनि वाई-फाई स्लो हुन्छ । वाई-फाईको लागि  एलइडि पनि सुरक्षित हुदैन , किनभने यसमा  चिप्स हुन्छ  जुन इलेक्ट्रोम्याग्नेट फील्ड उत्पदन गर्दछ । यसकारण राउटरलाई लाइटबाट टाढा रा्नुहोस ।

फाइल डाउलोडिंगलाई पज (रोक्नु) गर्नुहोस । कम्प्यूटरमा ठुला फाइल डाउनलोडमा राखेर छोड्नाले पनि स्पीड कम हुन्छ । स्ट्रीमिंग गर्दा क्वालिटीको पनि ध्यान दिनुहोस । कुनै अन्य जरूरी काम गर्दा स्ट्रीमिंग वा डाउनलोडिंगलाई पज गर्नुहोस । यस बाहेक राउटरलाई टिभि क्यविनेट वा पर्दा पछाडि नलुकाउनुहोस ।  राउटर सधै खुल्ला ठाउँमा राख्नुहोस । यसले सिग्नलमा आउने समस्या रोक्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ