arrow

अब घरमै बनाउन सकिन्छ माइक्रो सिम, अपनाउनुहोस यी ५ तरीका

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
womenSim.jpg

एजेन्सी ।  टेक्नोलोजीमा आएको परिवर्तन सँगै धेरै स्मार्टफोनहरु माइक्रोसिम फिचरमा आउन थालेका छन् । त्यस्तै केहि मोबाइलहरु भने नानो सिममा पनि आएका छन‍्  । पछिल्लो समय टेलिकमका नयाँ सिम पनि माइक्रो र नानो साइजमा पाइन थालेका छ । तर  पुरानो  सिमलाई के गर्ने ? तपाईले चाहानुभयो भने यसरी ५ मिनेटमै घरमा माइक्रो सिम बनाउनसक्नुहुनेछ ।

१. माइक्रो र नानो  सिम यसरी चिन्नुहोस । साधारण सिम र माइक्रोसिमको साइजमा निकै अन्तर हुन्छ । माइक्रो सिमको साइज १२/१५ एमएम अर्थात १२ एमएम लम्बाई र १५ एमएम चौडाइ हुन्छ । यस्तै नेनो सिम १२.३/८.८ एमएम हुन्छ ।

२. साइजलाई चिन्ह लगाउनुहोस । यदि तपाई माइक्रोसिम बनाउनुहोस वा नेनो सिम आफ्नो कार्डमा  साइज मार्क गर्नुहोस । यदि  सिमको  कार्ड स्लट बाहिर निक्लन्छ भने त्यहि अनुसार मार्क गर्नुहोस ।

३. कैची वा लाग्ने धार भएको चाक्कुले काट्नुहोस । अब मार्क गरिएको साइजलाई सावधानी सहित कैची वा चक्कूले काट्नुहोस । माइक्रो सिमको दाहिने पट्टि स्लाइडिंग शेप हुन्छ यसलाई ध्यान राख्नुहोस । त्यहि शेप तपाईले नेनो वा माइक्रो सिममा पनि दिनुपर्छ ।

४. फाइलर वा नेल कटरको प्रयोग । कैचीले सिम काट्दा कर्नर सही काटिदैन । यस्तोमा नेल फाइलरको सहयोग  लिन सक्नुहुन्छ । नेल फाइलरले सिममा घोट्दा सिम ड्यामेज हुने सम्भावना पनि कम हुन्छ ।

५.काटिएको सिमलाई पुन सामान्य यसरी बनाउनुहोस ।  यदि तपाईले  सिम काट्नु भएको छ र त्यसलाई नर्मल सिमको रुपमा प्रयोग गर्न चाहानुहुन्छ भने त्यसको लागि  सिम कार्ड होल्डरको प्रयोग गर्न सक्नुहुन्छ ।  यो सजिलै १०-२० रुपैयामा किन्न पाइन्छ । यो सबै साइजमा पाइन्छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ