- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पेशागत महासंघ ले बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना बनाउने चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयको विरोध गरेको छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले आईतबार एक विज्ञप्ती जारी गर्दै विरोध जनाएका हुन् ।
विज्ञप्तीमा राजधानीबाट नजिक रहेको, पहुँचमार्ग निर्माण गर्न नपर्ने, आयोजनाबाट उत्पादन हुने विद्युतलाई छोटो प्रसारण लाईनवाट केन्द्रीय प्रणालीमा जोड्न सकिने, जलयातायात, मत्स्य पालन र पर्यटनको विकास लगायतको वहुउपयोगी आकर्षक आयोजना भएकोले राज्यले नै निर्माण गर्नेगरी विस्तृत अध्ययन समेत भईसकेकोे, जग्गा अधिग्रहणको काम राज्यतहवाट भैरहेको र आयोजना निर्माणका लागि श्रोत संकलन स्वरुप चालु आर्थिक बर्षको बजेटदेखि विदेशवाट आयात हुने पेट्रोलियममा प्रतिलिटर रु ५ का दरले रकम जम्मा समेत भैरहेको अवस्थामा निवर्तमान सरकारले १२०० मेगावाटको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना विना प्रतिस्पर्धा चीनको गोन्जाओ ग्रुपलाई दिन गरेको निर्णयले यस महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाईएकोछ ।