arrow

इपिएस परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
eps-korea.jpg.jpeg

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस आठौँ कोरियन भाषा परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

शनिबार पाँच जना र आइतबार १४ जना गरी १९ जनालाई विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

ललितपुरको परीक्षा केन्द्रबाट १३ र काठमाडौँको परीक्षा केन्द्रबाट ६ जना पक्राउ गरीएको प्रहरीले जनाएको छ । 

इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले परीक्षाका लागि ७५ हजार ५८० जनाले आवेदन दिएकामा कति सहभागि भए भन्ने पूर्ण विवरण तयार भइनसकेको बताए ।
 
काठमाडौँ उपत्यकाका २६ वटा केन्द्रमा बिहान र दिउँसो गरी दुई चरणमा दुई दिन परीक्षा भएको थियो । 

भाषा परीक्षामा सहभागीमध्ये १० हजार २०० जना मात्र उत्तिर्ण हुनेछन् । 

जसमा कृषि क्षेत्रमा छ हजार २०० र उत्पादनमा चार हजार उत्तीर्ण हुनेछन् । 

परीक्षामा नौ हजार ७९६ महिला र ६५ हजार ७८४ पुरुषले आवेदन दिएका छन् । 

५१ हजार २०२ जनाले कृषिमा र २४ हजार ३७८ उत्पादनमा आवेदन दिएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ