arrow

च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण एसियाका चारमध्ये तीन टोली सेमिफाइनलमा 

भारतले दक्षिण अफ्रिकालाई निरिह बनाउँदै ८ विकेटले हरायो

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
india-south-africa.jpg

काठमाडौं । इंगल्याण्डमा भइरहेको आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा दक्षिण एसियाका तीन टोली हुने भएका छन् । 
पहिलो पटक सहभागीता जनाएको बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् भने समूहको अन्तिम खेलमा सोमबार पाकिस्तान र श्रीलंका भिड्दै छन् । 

ओभलमा आइतबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई निरिह बनाउँदै ८ विकेटले हरायो । 
दक्षिण अफ्रिकाले कमजोर ब्याटिंग गर्दै ४४.३ ओभरमा अलआउट हुँदै १९१ रन बनायो । क्विन्टन डे ककले ५३ रन बनाए भने ६ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

म्यान अफ द म्याच जसप्रित बुमराहले ८ ओभरमा २८ रन खर्चेर २ विकेट खसाले । भुवनेश्वर कुमारले २३ रन खर्चेर २ विकेट नै झारे । 

जवाफमा भारतले उत्कृष्ट ब्याटिंग गर्दै ३८ ओभरमा २ विकेटको नोक्सानीमा विजयी लक्ष्य भेट्टायो । 
शिखर धवनले ७८, कप्तान विराट कोहलीले नटआउट ७६, युवराज सिंहले नटआउट २३ तथा रोहित शर्माले १२ रन जोडे । 

अर्को समूहबाट इंगल्याण्ड र बंगलादेश सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया र न्युजिल्याण्ड बाहिरिएका छन् । 
बंगलादेश पहिलो सहभागीतामै सेमिफाइनलमा पुगेको हो ।

यसअघि आइसीसी एक दिवसिय वरियतामा शीर्ष आठभित्र रहेर वेष्ट इन्डिजले प्रतियोगिता खेल्दै आएको थियो ।
 



नयाँ