arrow

सिराहामा निर्वाचनको तयारी अन्तिम चरणमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
siraha.png

काठमाडौं । दोस्रो चरणमा हुन लागेको स्थानीय तहो निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ।

असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्र, स्वस्तिक छाप, मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावलीलगायतका सम्पूर्ण सामग्री जिल्ला आइपुगेको र त्यसलाई प्याकिङ गर्ने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय, सिरहाका प्रमुख ईन्द्रा यादवले जानकारी दिए । 

निर्वाचनमा मतपत्र बढी बदर हुन नदिन जिल्लाका सबै मतदान केन्द्रका लागि एक एक जनाका दरले ४२६ मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय, सिरहाले जनाएको छ । मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ताले मतदातालाई स्थानीय तह निर्वाचनको महत्व, मतपत्रमा स्वस्तिक छाप लगाउने तरिका, स्वस्तिक छाप लगाइसकेपछि मतपत्र पट्याएर मतपेटिकामा खसाल्ने तरिका लगायतका विषयमा सहजीकरण गरिरहेको कार्यालय प्रमुख यादवको भनाइ छ । 

यसबाहेक मतदातालाई लक्षित गरी जिल्लाको पोखरभिन्डा र कल्याणपुर नगरपालिकाको बेल्हा मतदान केन्द्रमा गत साता नमुना मतदान सम्पन्न गरिएको तथा मिर्चैया र कल्याणपुर नगरपालिकामा स्थानीय तह निर्वाचनको विषयमा सडक नाटकसमेत गरिएको जिल्ला निर्वाचन कार्यालय, सिरहाका नायब सुब्बा उत्तम भट्टराईले जानकारी दिए । 

जिल्लाका मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली प्राप्त हुनासाथ निर्वाचनसम्बन्धी तालिम दिएर मतदान केन्द्रमा खटाइने उनको भनाइ छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ