arrow

विराटनगरका भन्सार एजेण्टबीचको विवाद उत्कर्षमा, अदालत जाने तयारी 

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
bhansar_agent.jpeg

काठमाडौं । विराटनगर भन्सारका एजेन्टहरुबीचको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष विजेन्द्र परासरको मनोमानी गरेको आरोप लगाउँदै विपक्षीहरु न्यायिक उपचारमा समेत जाने तयारी गरेपछि उनीहरुबीचको विवाद उत्कर्षमा पुगेको हो । कार्यसमितिको समय सकिएको लामो समयसम्म पनि संस्थापन पक्षले नयाँ निर्वाचन नगरेको र विपक्षीहरुलाई थाहै नदिई अध्यक्षले मनोमानी रुपमा नयाँ कार्यसमिति गठन गरेको आरोप असन्तुष्ट पक्षले लगाएका छन् । तर, अध्यक्ष परासरले भने आफूहरुबीच कुनैपनि विवाद नरहेको भन्दै सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरिएको दाबी गरे । 

वि स‍ं २०६९ चैत्र १८ गते संघको निर्वाचन भए सँगै परासर २ वर्षे कार्यकालका लागि निर्वाचित भएका परासरले एक वर्ष आफैंले आफ्नो कार्यकाल थपेको असन्तुष्ट पक्षको आरोप छ सो समय पनि गुज्रिएर एक वर्ष वितिसक्दा पनि उनले अधिवेशन नगरेको र एकलौटी रुपमा संस्था चलाउन खोजेको आरोप उनी माथि छ । तर, परासरले भने आफू तीन वर्षको लागि चुनिएको र कार्यसमितिको समय सकिएको पनि एक वर्ष पूरा नभएको बताए । उनले सर्वसम्मत कार्यसमिति चयन भईसकेको भन्दै संघको सदस्य नै नभएको व्यक्तिले विरोध गर्नुको कुनै तुक नरहेको बताए ।  
 
एजेन्ट संघको विधानलाई समेत लत्याउँदै बहुमत सदस्य पनि साथमा नभएका परासरले बहुसंख्यक एजेन्टहरुको मानमर्दन गरेको आरोप असन्तुष्टको छ ।  विराटनगर भन्सारमा लाइसेन्सधारी एजेन्टको संख्या जम्मा १७ जना रहेको छ । जसमध्ये ११ जनाले परासरको विपक्षमा हस्ताक्षर गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ