arrow

तुलसीपुरमा अत्याधुनिक बसपार्क निर्माणकार्य सुरु

१५ महिनामा निर्माण पुरा गर्ने सम्झौता

logo
शरद रेग्मी,
प्रकाशित २०७४ जेठ २९ सोमबार
tulsipur-bus.jpg

तुलसीपुर। दाङको तुलसीपुरमा सुविधा सम्पन्न बस पार्क निर्माणको काम सुरु भएको छ । आज एक कार्यक्रमका विच तुलसीपुर उपमहानगरपालिका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बसपार्क तथा सपिङ्ग स्टल निर्माणको शिलन्यास गरेका छन्।

तुलसीपुर ५ स्थित बसपार्कलाई सुविधा सम्पन्न बसपार्क गराउने उद्दे्श्यले उपमहानगरपालिकाले झण्डै आधा दशक अघि बनाएको व्यवस्थित बसपार्कको
गुरुयोजनालाइ तुलसीपुर उपनगरपालिकाको पहलमा नगर विकास कोषले २०७०असार ३० गते परीयोजनाको विधिवत रुपमा स्वीकृति दिएको थियो । पिडिए नेपाल कन्सल्टेन्सीले तयार पारेको डिजाइन स्टिमेट पहिलो चरणमा नगर विकाश कोषले जर्मन विकाश वैंकमार्फत साढे १० करोड रकम लगानी लगाउने सहमति भएको उपमहानगरपालिकाले जनाएको छ ।

जसमा ९ कारोड नगर विकाश कोषको ऋण,१ करोड अनुदान र  ५० लाख उपमहानगरपालिकाको लगानीमा टर्मिनल भवन, ५० वटा सपिङ्ग स्टल र सार्वजनिक
शौचाल,सडक कालोपत्रे र सडक वत्ती जडान हुने कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । १५ महिना भित्र काम सम्पन्न गर्ने गरी शिवशक्ति निर्माण
कम्पनीलाई कामको जिम्मा दिएको बताएको छ ।  ३९ करोड लगानीमा ३ चरणमा काम हुने छ ।

५.५ प्रतिसत ब्याज कोषलाई तिनुपर्ने नगरपालिकाले जनाएको छ । तुलसीपुरको नयाँ वसपार्कमा हाल व्यवस्थीत बस पार्क नहुदा निकै समस्या परेको छ । बसपार्क बर्षा याममा हाल हिलाम्मे हुने गरको छ भने हिउंदमा धुलोको समस्या रहेको छ । त्यसै गरी वसपार्कमा पक्की संरचनाका साथै पर्खाल नहुदा असुरक्षा बढेको व्यवसायीहरुले बताएका छन ।

सो आवसरमा नगरपालिकाका वरिष्ठ वित्तिय अधिकृत ललितबहादुर घर्तीले बसपार्कको निर्माणको वारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा पूर्व नगरप्रमुख शंकर प्रसाद आचार्य, ढुण्डीराज लामिछाने, नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, र सुचना प्रमुख झरेन्द्र खरेलले शुभकामना व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ