arrow

सङ्ख्यागत दृष्टिले धेरै कर तिर्नेहरुमा ट्रेडिङ कम्पनीकै वर्चस्व

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
large-tax-office.jpg.jpeg

काठमाडौं । कर राजश्वमा महत्वपूर्ण हिस्सा बोकेको ठूला करदाता कार्यालयमार्फत् कर तिर्ने ठूला करदाताहरुमध्ये यो वर्ष पनि ट्रेडिङ क्षेत्रकै हालीमुहाली रहेको देखिएको छ । ठूला करदाता सेवा कार्यालयले दिएको जानकारी अनुसार यो आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदासम्म कूल एक हजार एकको संख्यामा ठूला करदाता रहेका छन् । अघिल्लो आर्थिक वर्षको यही समयमा यो संख्या ८सय ८८ वटा थियो ।  

वार्षिक रूपमा ४० करोड भन्दा बढीको कारोबार गर्ने नेपालमा सञ्चालित कम्पनीको मात्रै तथ्याङ्क राख्ने ठूला करदाता कार्यालयको सूचीमा समावेश भएका करदाताहरूमध्ये सबैभन्दा धेरै करदाताहरु ट्रेडिङ कम्पनीकै रहेको ठूला करदाता सेवा कार्यालयले जनाएको छ । 
 
कूल एक हजार एक ठूला करदाताहरु मध्ये तीन सय ४५ वटा कम्पनी रहेको कार्यालयले जनाएको छ । यो शीर्षकमा वाणिज्य तथा व्यापारिक क्षेत्रका कम्पनीहरु रहेका छन् । त्यस्तै दोस्रोमा कृषि उद्योग रहेको छ । कृषि क्षेत्रका उद्योगहरुमा एक सय ८७ वटा रहेका छन् । 

त्यसपछि ठूला करदाताहरुको सूचीमा समावेश भएकाहरुमा दूरसञ्चार लगायतका पब्लिक इन्टरपाईजेजहरु एक सय ७५ वटा रहेका छन् । गैर कृषि क्षेत्रका उद्योगहरु एक सय ७५, बहुराष्ट्रिय कम्पनीका ४९ वटा र बैक तथा वित्तीय संस्थाका कूल एक सय ४१ वटा संस्था ठूला करदातामा समावेश भएको ठूला करदाता सेवा कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ