arrow

बर्जर पेन्टस् कम्पनीका प्रमुखलाई विप्लवका कार्यकर्ताको कारबाही

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ जेठ २९ सोमबार
NCP_parcha.jpg

हेटौँडा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बर्जर पेन्ट्को कम्पनी प्रमुख सुशील कुमार द्वीवेदीमाथि आक्रमणको प्रयास गरेका छन् । सोमबार विप्लवका कार्यकर्ताहरुले उनले प्रयोग गर्ने बा. ८ च. ८६१७  नम्बरको कारमा तोडफोड पनि गरेको प्रहरीले जनाएको छ । 

पार्टीले उनीमाथि कम्पनीले कामदार कर्मचारीलाई चरम शोषण गरेको, राष्ट्रिय पुँजीलाई धरासायी बनाएको, श्रम ऐनको पालना नगरेको, मजदुरको कामको क्षेत्रमा मानव अधिकारको पालना नगरेको, जस्ता आरोप लगाएका छन । उनीमाथि कालोमोसो समेत दलिएको भनिएपनि ईलाका प्रहरी कार्यालय पशुपतिनगरले भने कम्पनी प्रमुखलाई दुव्र्यबहारको प्रयास मात्र भएको तर कालोमोसो नदलिएको बताएको छ । भने घटना स्थलमा नेपाल कम्यूनिष्ट पार्टीको नामको पर्चा भटिएको र घटना थप अनुसन्धान भईरहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ