arrow

दश महिनामा एक हजार आठ सय उद्योग दर्ता

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
gharelu.jpg

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा  घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँमा  एक हजार ८१९ उद्योग दर्ता भएका छन् । 
 दर्ता भएका उद्योग  हरुमा  उत्पादनमूलक २७५, सेवामूलक ८५९, पर्यटन सम्बन्धी ६१६, कृषिमूलक ६८ र विज्ञान प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग छन् । 

२०७३ सालको साउनमा , भदौ , र असोज र कात्तिकमा क्रमस  ३५१, ३५३,  १७२, र  १५७ दर्ता भएका थिए भने मङ्सिरमा १६९, पुसमा १४४, माघमा १३९, फागुनमा १६०, चैतमा ८७ र २०७४ वैशाखमा ८७ उद्योग दर्ता भएका छन् । 

सरकारले रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रुपमा वर्गीकरण गरेको छ । उक्त उद्योग साना तथा घरेलु उद्योग विभाग र समितिअन्तर्गतका जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ