arrow

तुलसीपुरका व्यवसायीको अवस्था अझै अज्ञात, सूचनादिनेलाई प्रहरीको १ लाख अफर

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
apaharan.jpg

तुलसीपुर । गत शुक्रबार अपहरणमा परेका तुल्सीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अवस्था अझै पत्ता लाग्न सकेको छैन । गत झण्डै एक साता पुग्नै लाग्दा पनि व्यवसायीको अवस्थाबारे जानकारी नभईरहँदा प्रहरीले भने उनको बारेमा सत्यतथ्य चाँडै पत्ता लाग्ने बताएका हुन् ।  

मंगलबार मध्यपश्चिम प्रहरी प्रमुख डिआईजी बिजय कायस्थले तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठका बारेमा चाडै सत्य तथ्य बाहिर आउने बताएका हुन् । मंगलबार तुलसीपुरमा आयोजित एक गरेको साक्षात्कारमा बोल्दै डिआईजी कायस्थले श्रेष्ठ घटनाका बारेमा सुक्ष्म अध्यण भै रहेको भन्दै दुई चार दिनमै सत्य तथ्य बाहिर आउने बताएका हुन् । 

शुक्रबार देखि अपहरणमा परेका श्रेष्ठको खोजीमा राज्यले आफ्ना सव संयन्त्र परिचालन गरेको समेत उनले बताए । घटना किन र केका लागि भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै अहिले नै यसै भन्न सक्ने अवस्था नरहेको बताए । डिआईजी कायस्थले घटनामा महिलाको प्रयोग भएको हुन सक्ने भन्दै तर महिला भए नभएको बारेमा कसैले नदेखेको हुँदा अहिले नै भन्न नसकिने बताए । 

कार्यक्रममा बोल्दै डिआईजी कायस्थले घटना भएलगत्तैदेखि दाङ र सल्यानको प्रहरी परिचालन गरेर खोजी कार्य तिव्र पारिएको भन्दै उनले घटनाको बारेमा सुचना दिने ब्यक्तिलाई नगद एक लाख पुरस्कार दिने समेत बताएको छ । खोजी कार्य अन्र्तगत सोमबार प्रहरीले कुकुरको समेत प्रयोग गरेको तर प्रभावकारी नभएको कायस्थले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ