- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एसिया कप छनोट फुटबलको तेस्रो चरणअन्तर्गत् आफ्नो दोस्रो खेलमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको छ । सशस्त्र प्रहरीको हलचौक मैदानमा भएको खेल गोलसहित बराबरी गर्दै नेपालले यमनसँग अंक बाँडेको हो । यमनसँगको गोलरहित बराबरीसँगै नेपालले अंकको खाता खोलेको हो ।
यद्यपि, नेपाल घरेलु मैदानमै जितविहिन भयो । खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेल फालेका थिए । मध्यान्तरअघि र मध्यान्तरपछि गरी नेपालले गोल गर्ने कयौँ अवसर खेर फाल्यो ।
यमनका केही प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले विफल पारे । फिफा वरियतामा नेपालभन्दा बलियो टोली भएपनि यमनले सशस्त्र प्रहरी बलको मैदान हलचोकमा खासै राम्रो प्रदर्शन गर्न सकेन । यसअघि भने नेपालले कम्तिमा नहार्ने रणनीति लिएर खेल्ने बताएको थियो ।
यस्तै, छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै घरेलु मैदानमा ४–१ ले स्तब्ध भएको थियो भने, यमनले ताजकिस्तानलाई २–१ ले हराएको थियो । नेपाल सन् २०१४ मा भएको मैत्रीपूर्ण फुटबलमा यमनसँग २–० ले हारेको थियो ।