arrow

आईएमईले मनायो १७औँ वार्षिकोत्सव

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
ime-17th-program.png

काठमाडौं ।  रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव मनाएको छ । कम्पनिले  “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गरि मंगलबार वार्षिकोत्सव मनाएको हो  ।

वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिने सेवाग्राहीहरू मध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कूल ३४ जना सेवाग्राहीहरुलाई सिस्टममा आधारित रहेर ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिएको  थियो । विजेता घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईका सेवाग्राहीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । डकालले  आगामी दिनमा आइएमई सेवालाई अझै परिष्कृत र प्रविधिमैत्री बनाउदै लैजाने समेत  प्रतिबद्धता व्यक्त गरे । त्यस्तै  प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीहरुको निरन्तर विश्वासले आफु लगायत आफ्नो टीमलाई काम गर्ने थप उर्जा मिलेको बताए  ।

१७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपबिजेताहरुलाई प्रबन्ध निर्देशक हेमराज ढकालले पदक, ट्रफी एवम् शिल्ड प्रदान गरेका थिए । कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ