arrow

अवकाश पछि मासिक २ लाख कमाउने सुत्र सार्वजनिक !

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
RETIRED-nepal.jpg

एजेन्सी । यदि तपाई ५० बर्षको उमेरमा अवकाश भएर आनन्दको जिवन चाहानुहुन्छ भने तपाई एक उपाय अपनाउन सक्नुहुनेछ जो सजिलो पनि छ । यसका लागि तपाईले आजैबाट अवकाशको योजना बनाउनु पर्ने हुन्छ । सो माध्यमबाट तपाई सजिलै ५० बर्षको उमेरमा रिटायर हुन सक्नुहुनेछ साथै महिनाको २ लाख रुपैया आय सहित आनन्दको जीवन बिताउन सक्नुहुनेछ ।

 वित्तीय योजनाकारका अनुसार यदि तपाई ३० बर्षको हुनुहुन्छ  र ५० बर्षको उमेरमा  अवकाश हुन चाहानुहुन्छ भने तपाईले अवकाशको योजना बनाउन आवश्यक छ ।  यदि अहिले तपाईको मासिक खर्च ५० हजार रुपैया छ भने औसत ७ प्रतिशत महंगाइले ५० देखि ८० बर्षको उमेरमा हरेक महिना २ लाख रुपैया आवश्यक पर्नेछ ।
भारतीय वित्तीय योजनाकार तारेश भाटियाका अनुसार यदि तपाई ५० बर्षको उमेरमा ४ करोडको संचय कोष बनाउनको लागि प्रत्येक महिना २० हजार रुपैया  जम्मा गर्न सुरु गर्नुपर्नेछ । साथै प्रत्येक बर्ष  १० प्रतिशतका दरले लगानी बढाउने पर्नेछ । यदि २० बर्षमा लगानीमा बार्षीक आय १२ प्रतिशत  भए  अवकाशको समय तपाईसँग ४ करोड रुपैया हुनेछ ।

तारेश भाटियाका अनुसार ४ करोड रुपैयाको अवकाश चक्र बनउनको लागि तपाई म्यूिचुअल कोषमा लगानी गर्नुहोस । यदि तपाई जोखिम लिन सक्नुहुन्न भने  इक्विटी कोषमा लगानी गर्नु सक्नुहुनेछ । त्यसको लागि तपाईलाई ब्यालेन्स कोष ठिक हुनेछ । यसमा थोरै इक्विटि कोष र डेट कोष हुन्छ । यसमा तपाईलाई बर्षिक १२ प्रतिशतको औसत आय पाउनुहुनेछ । यदि तपाई जोखिम उठाउन सक्नुहुन्छ भने तपाईको लागि इक्विटी फन्ड ठिक रहनेछ ।  यसमा तपाईले १५ प्रतिशत सम्म आय पाउनुहुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ