arrow

एनसेलले ल्यायो ‘वान प्लान’

अब सुलभ दरमा डेटा, भ्वाइस र एसएमएसको कम्बो प्याक

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
ncell-axiate-company-logo.jpeg

काठमाडौं । निजि कम्पनि एनसेलले साप्ताहिक ‘वान प्लान’ कम्बो प्याक ल्याएको छ ।  प्याक अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्नेछन् ।   

कम्पनिले सो प्याक बिहीबार  देखि प्रिपेड र पोष्टपेड ग्राहकका लागि जागु हुने जनाएकव छ । साथै यो योजना अन्तर्गत प्याक सुचारु गर्ने ग्राहकले एक हप्तासम्म योण्डर म्युजिक एपमा निःशुल्क अनलाइन गीतसंगीत सुन्न सक्नेछन् ।  

वान प्लान योजना अन्तर्गत एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार वान प्लान १५०, वान प्लान ३०० र वान प्लान ५०० गरी तीन वटा प्याकहरु लिन सक्नेछन् ।

वान प्लान १५० प्याकमा ग्राहकले एक हप्ताको प्याक  १५० रुपैया तिर्नुपर्नेछ । साथै सो प्याममा  ५०० एमबी डेटा, १०० मिनेट अन नेट टक टाइम र २०० वटा अन नेट एसएमएस फ्रि पाउनेछन् ।  त्यस्तै वान प्लान ३०० अन्तर्गत ग्राहकले रु ३०० मा १५०० एमबी डेटा, ३०० मिनेट अन नेट टक टाइम र ६०० वटा अन नेट एसएमएस पाउनेछन् ।

त्यसैगरी, ग्राहकले वान प्लान ५०० अन्तर्गत मात्र  ५०० मा ३००० एमबी डेटा, ६०० मिनेट अन नेट टक टाइम र १२०० वटा अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् ।

‘‘डेटाको साथै भ्वाइस र एसएमएस सेवाको बढ्दो मागलाई संबोधन गर्नका लागि हाम्रा ग्राहकहरु माझ यी कम्बो प्याकहरु ल्याउन पाउदा हामी खुसि छौ । यसले ग्राहकलाई थप लाभ प्रदान गर्नेछ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

वान प्लान प्याकले दिने लाभबाट फाइदा लिनका लागि ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी त्यसपछि अंग्रजी अंक ४ (फोर) थिचेर आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार प्याकहरु जति पटक पनि कुनै पनि वान प्लान प्याक सुचारु गर्न सक्नेछन् ।

प्याक अन्र्तगत प्राप्त सेवाहरु एक हप्ताको समयसिमा भित्रै प्रगोग गरी सक्नुपर्नेछ । यो अफर लागु भएको दिन देखि ३० दिनको लागि मान्य हुनेछ । थप जानकारीका लागि ग्राहकले १७१२३ मा कल गर्न सक्नेछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ