arrow

चितवनमा हावाहुरीले करोडौँको केराखेती नष्ट

logo
प्रकाशित २०७४ असार १ बिहिबार
ratnanagar.png

रत्ननगर  ।  बिहिबार  बिहान आएको हावाहुरीका कारण चितवनमा करोडौँको केराखेती नष्ट गरेको छ । 

बिहान करिब ४ बजेतिर भारी वर्षासहित आएको हावाहुरीले केरा ढलाएर नष्ट गरेको चितवन केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । 

बर्षाको सगै आएको हाराहुरीका कारण किसानहरुले लगाएको केरा नष्टहुदा  करिब र चार पाँच करोडको केरा नष्ट भएको अनुमान गरेको किषानहरुले जनाकारी दिए  पनि विस्तृत विवरण भने आइसकेको छैन । पन्तले आफ्नो केरा बगानको १० बिगाहा क्षेत्रको केरा पूर्ण नष्ट भएको बताए । 

यस्तै सङ्घका निवर्तमान अध्यक्ष यज्ञ सुवेदीले चैनपुरमा लगाएको करिब २० बिगाहाको केरा क्षति भएको छ । हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुगेको छ । 
पछिल्ला केही वर्षदेखि बिमा कार्यक्रम सुरु भएकाले किसानले केही राहत पाउँदै आएका छन् । चितवन केरा उत्पादक सङ्घका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती भएकामा यो वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको हो । 

जिल्लामा वार्षिक एक अर्बको केराको कारोबार हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा कृषि बिमा भने सोचेअनुसार हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ