arrow

भारतमा अब दैनिक पेट्रोलियम पदार्थको मुल्य समायोजन, नेपालमा १५ दिनमा मात्रै

डिजल र पेट्रोलको मुल्य घट्यो

logo
प्रकाशित २०७४ असार २ शुक्रबार
Indian_Nepali_oil.png

काठमाडौं । भारतमा अब दैनिक रुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने भएको छ । प्रत्येक दिन पेट्रोल तथा डिजेलको मूल्य समायोजन हुने प्रक्रिया शुक्रबारदेखि नै लागू गरिएको छ । 

भारतीय सञ्चारमाध्यमहरुले  प्रत्येक दिन पेट्रोलियम पदार्थको मुल्य समायोजन हुने र सोको जानकारी अघिल्लो दिन नै मोबाईलबाट प्राप्त गर्न सकिने व्यवस्थाको सुरुवात गरिएको जनाएका छन् । भारतीय आयल कर्पाेरेसनको वेभसाईटबाट भोलिपल्टको पेट्रोल तथा डिजेलको मूल्यबारे साँझ ६ बजेपटि पत्ता लाउन सकिने व्यवस्था मिलाईएको छ । यस अघि कर्पाेरेसनले एक तारिक र १६ तारिकको दिन मात्रै मूल्य समायोजन गर्ने गरेकोमा नयाँ प्रविधिको विकाससँगै उ दैनिक मूल्य सूची समायोजन गर्ने पक्षमा पुगेको हो । 


तर नेपालमा भने प्रत्येक १५ दिनमा एक पटक मात्रै मूल्य समायोजन गरिने नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार प्रत्येक महिनाको १ र १५ गते मात्रै मुल्या समायोजन गरिने भएको छ । 

डिजल र पेट्रोलको मुल्य घट्यो

त्यस्तै, नेपाल आयल निगमले नेपाली डिजल तथा पेट्रोलको मुल्य प्रतिलिटर डेढ रुपैयाँका दरले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)बाट शुक्रबार आएको इन्धनको मुल्य सूची अनुसार डिजल तथा पेट्रोलको मुल्य घटेर आएकोले नेपाली बजारमा पनि शुक्रबार राती देखि लागु हुने गररे ती दुइटै इन्धनको मुल्य घटेको नेपाल आयल निगमले जानकारी दिएको छ । नेपाल आयल निगमका प्रवक्ता पोख्रलले आइओसीले शुक्रबार पठाएको मुल्य सूची अनुसार मुल्य घटेर आएकोले नेपालमा पेट्रोल तथा डिजलको मुल्य घटेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ