arrow

नियम विपरीत सञ्चालित फ्रेस हाउस सिलबन्दी, यातायातमा भाडा बढी लिएपछि कार्वाही

logo
प्रकाशित २०७४ असार ३ शनिबार
Meat-butchering.jpeg

काठमाडौँ । नियम विपरीत सञ्चालनमा रहेको पाइएपछि कोटेश्वरमा रहेको हाम्रो फ्रेस हाउस मासु पसलमा सिलबन्दी गरिएको छ । 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रुपमा गरेको अनुगमनका क्रममा व्यवसाय दर्ता, प्यान दर्ता, नापतौल प्रमाणीकरण नगरेको र खानका लागि अयोग्य मासु पनि बिक्रीका लागि राखेको पाएपछि अनुगमन टोलीले सिलबन्दी गरेको हो । 

उक्त पसललाई सात दिनभित्र दिएको निर्देशन पालना गरी विभागमा आउन निर्देशन दिइएको छ । 

अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनमा नै अन्य नौवटा मासु पसलको अनुगमनका क्रममा सरसफाइमा ध्यान दिन आवश्यक रहेकाले तीन दिनभित्र सफा गर्न निर्देशन दिएको छ । 

त्यसैगरी, यातायाततर्फ गौशालामा सार्वजनिक यातायातको साधनले यात्रुलाई बढी भाडा लिएकाले बढी भाडा तत्काल यात्रुलाई फिर्ता गर्न लगाइएको छ । 

चावहिलमा रहेको डाइनास्टिक मेडिकल सेन्टर, विवेकानन्द डेन्टल प्रालि र सुकेधारामा रहेको एरोना पोलिक्लिनिक एन्ड मेडिकल र आर्यन फार्मेसीलाई म्याद नाघेको औषधि बिक्री वितरण नगर्न र सफा गरी सञ्चालन गर्न निर्देशन दिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ