- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सेन्ट पिटर्सबर्ग स्टेडियम । फिफा कन्फेडेरेशन कप फुटबल प्रतियोगितामा आयोजक रुसले विजयी सुरुआत गरेको छ । शनिबार राति सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा रुसले न्युजिल्याण्डलाई २–० ले हराएको हो ।
रुसले खेलको ३१ औं मिनेटमा गोलको उपहार पाएको थियो । न्युजिल्याण्डका माइकल बोक्सलले आत्मघाती गोल गरेपछि रुसले गोलको उपहार पायो । ६९ औं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै रुसलाई २–० ले जिताए ।
विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि सुरु भएको कन्फेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ ।
प्रतिस्पर्धामा रहेका ८ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक रुससँगै न्युजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् । यस्तै समूह ‘बी’ मा क्यामरुन, चिली, अस्ट्रेलिया र जर्मनी छन् । समूहका शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।
प्रतियोगिता अन्तर्गत आइतबार राति ८ः४५ बजे पोर्चुगल र मेक्सिको भिड्ने छन् ।