arrow

मोवाइलमा चार्ज ढिलो भयो ? तीव्र गर्न अपनाउनुस् यी ९ उपाय

logo
प्रकाशित २०७४ असार ४ आइतबार
movile_charge.jpg

एजेन्सी । आजकाल मोवाइ वा स्मार्टफोन प्रयोगकर्ताको गुनासो चार्ज ढिलो भयो भन्ने सुन्ने गरिन्छ । कयौ प्रयोगकर्ताहरु फोनको ब्याट्रि वा चार्जरमा खराबी आएर चार्ज ढिलो भएको मान्ने गर्दछन् । तर  फोन चार्जको क्रममा प्रयोगकर्ताबाट पनि केहि यस्ता गल्ती हुने गरेका छन् जसको कारण चार्ज ढिलो हुने गर्दछ । यस्तोमा हामि तपाईलाई केहि टिप्स बताउदैछौ जसलाई अपनाए फोन तीव्र चार्ज हुनेछ ।

तीव्र चार्ज गर्ने एडप्टरको प्रयोग गर्नुस् । बजारमा तीव्र चार्ज गर्न सकिने चार्जर वा एडप्टर  पाइन्छ सोबाट फोनलाई तीव्र चार्ज गर्न सकिन्छ ।

सक्कलि चार्जरको प्रयोग गर्नुहोस । फोनलाई सधै कम्पनिले साथै दिएको चार्जरबाट चार्ज गर्नुहोस । अन्य कम्पनिको चार्जरबाट फोन ढिलो चार्ज हुने गर्दछ ।

फोन चार्ज गर्दा एरोप्लेन मोडको प्रयोग गर्नुहोस  ।  यसो गर्दा फोन अन हुनेछ तर नेटवर्ट हुनेछैन ।

फोन चार्ज गर्दा वाई फाई र ब्लुटुथ  कनेक्सन बन्द गर्नुहोस । यसो गर्नले पनि फोन तीब्र चार्ज हुनेछ ।
 
NFC अफ गर्नुहोस । प्राय  मोवाइल प्रयोगकर्ता एनएफसि मोड अन गर्दछन् । चार्ज गर्दा यसलाई अफ गर्नुहोस । यसले चार्जिङमा फरक पर्नेछ ।

मोबाइल चार्ज गर्दा  ब्याट्रि सेवर मोडको प्रयोग राख्नुहोस ।  यो मोडमा फोन कल,  एसएमएस पनि आउनेछ र फोन पनि तिब्र चार्ज हुनेछ ।

मोबाइल चलाउदा ब्राइटनेस कम गर्नुहोस । चार्जको क्रममा फोनको प्रयोग नगर्नुहोस । यदि गर्नु हुन्छ भने फोनको ब्राइनेस कम गर्नुस । यसले पनि चार्ज चाडौ हुन्छ ।  

मोवाइल अफ गरेर चार्ज गर्नुहोस । यदि केहि समय  मोवाइलको काम छैन भने अफ गरेर चार्ज गर्नुहोस यसले अझ चाडो चार्ज हुनेछ ।

डाटा बन्द गरेर चार्ज गर्नुहोस ।  डाटा अन रहदा ब्याट्रि चाडो सकिने हुन्छ । त्यसैले चार्जको क्रममा इन्टरनेट डाटा बन्द गरेर चार्ज गर्नुहोस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ