arrow

कन्फेडेरेशन कप फुटबलः चिलीको विजयी सुरुवात, पोर्चुगल बराबरीमै थन्कियो 

logo
प्रकाशित २०७४ असार ५ सोमबार
chile.jpg

रुस । रुसमा चलिरहेको फिफा कन्फेडेरेशन कप फुटबलमा चिलीले विजयी सुरुआत गरेको छ । 

समूह बी रहेको चिलीले आइतबार राति भएको खेलमा क्यामरुनलाई २–० ले हराएर सुरुआत गरेको हो । 

चिलीलाई जिताउन अर्टुरो भिडालले ८२ औं र एडुआर्डो भर्गासले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरे । जितपछि तीन अंकसहित चिली समूहको शीर्ष स्थानमा छ । 

यता समूह ए को खेलमा पोर्चुगलले भने मेक्सिकोसंग २–२ गोलको बराबरी खेलेको छ । क्रिष्टियानो रोनाल्डोको टिमले दुवै पटक अग्रता लिएर पनि बराबरीमै थन्किनु परेको हो । 

३५ औं मिनेटमा रिकार्डो करिस्माले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ४२ औं मिनेटमा हेभियर हर्नान्डेजले मेक्सिकोलाई बराबरीमा ल्याए । 

८६ औं मिनेटमा सेड्रिकले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । तर इन्जुरी समयमा गोल गर्दै हेक्टर मोरेनोले बराबरी गरे । 

सोमबार अष्ट्रेलिया र जर्मनी खेल्दैछन् । 

Arturo Vidal headed Chile's winning goal in the Confederations Cup against Cameroon

Vidal leapt to nod the opener from six yards following a cross by Arsenal's Alexis Sanchez

Eduardo Vargas made it 2-0 in added time after Sanchez had seen an effort blocked

The second goal was only given via VAR after it was initially ruled out for an offside

Chile were eventually able to celebrate a second goal while starts their cup with three points



नयाँ