भारतीय गृहमन्त्री सिंहको खुट्टा भाँचियो, उपचारपछि घर फिर्ता
प्रकाशित २०७४ असार ५ सोमबार
510
Shares
नयाँ दिल्ली। भारतीय गहृमन्त्री राजनाथ सिंहको आइतबार नियमित शारीरिक अभ्यासका क्रममा हिँडिरहेका बेला सरकारी निवास नजिकै खुट्टा भाँचिएको उनको निकट सहयोगीले बताएका छन्।
पैसठ्ठी वर्षीय सिंहको हिँड्ने क्रममा खुट्टा फर्किदा गोलीगाँठामा समस्या आएपछि उनलाई एआईआईएमएस अस्पतालमा लगी उपचार गरिएको हो।
देब्रे खुट्टा भाँचिएकोले अस्पतालले उनको खुट्टामा उपचारका लागि सामान्य प्लास्टर गरिएको गृहमन्त्रीका सहयोगीले बताए। उपचारपछि सिंह आइतबार नै आफ्नो घर फर्किएका छन्। रासस÷पीटीआई