arrow

किसानलाई गुणस्तरीय दाना बनाउने तालिम

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ असार ५ सोमबार
syanjia-farmer-tranng.jpg

स्याङ्जा। स्याङ्जाका व्यावसायीक किसानलाई तिन दिने दानाको गुणस्तरीयता तालिम प्रदान गरिएको छ । लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला ललितपुरको आयोजनामा जिल्लाका अगुवा किसानलाई दानाको गुणस्तर तालिम प्रदान गरिएको हो। वालिङमा भएको तालिममा १५ जना व्यावसायीक किसानहरुको सहभागिता रहेको थियो। गुणस्तरीय दाना, दानाको छनोट र दाना विग्रेको विषयमा किसानहरुलाई तालिम सगै प्रशिक्षण गरिएको थियो।

बजार बाट खरिद गरिने दानामा पौष्टिक आहार कत्तिको हुन्छ भन्ने थाहा समेत नपाएका किसानहरुले यो तालिम पश्चात दानाको छनोट र यसको प्रभावबारे थाहा पाइएको किसानहरुले बताएका छन् । पशुपंक्षीलाई प्रयोग गर्दै आएको दानाको गुणस्तर थाहा नपाउदा व्यवसायीक किसानले मर्काको सामना गर्दै आएका थिए । गुणस्तरको मापन गर्न यो तालिमले सिकाएकाले अवका दिनमा सजिलो हुने महशुष भएको तालिममा सहभागी किसान चन्द्रकुमारी गुरुङ्ले बताईन् । 

दानाको गुणस्तर नजान्दा हामीले व्यावसायीक रुपमा पालिएका कुखुरा नफस्टाएको गुरुङ्को तालिम पछिको अनुभव छ । कुन पशुपंक्षीलाई कति दाना खुवाउनु पर्ने, कस्तो दाना खुवाउदा फस्टाउने र गुणस्तरको मापन के हो भन्ने विषयमा किसानहरुलाई तालिम र प्रशिक्षण गराइएको लाईभष्टक गुण व्यवस्थापन प्रयोगशालाका बरिष्ठ पशु विकास अधिकृत जिवलाल लम्सालले बताए । किसानको व्यवसायमा रुची त भएको तर दानाको उचित प्रयोग नगरिएको पायौ लम्सालले भने,“यो तालिम पश्चात अव किसानमा केही सुधार आउने अपेक्षा हामीले लिएका छौं ।” देशभरी हेर्ने एउटै मात्र प्रयोगशाला रहेको कार्यालयले स्याङ्जालाई छनोट गरेर यो तालिम आयोजना गरिएको लम्सालले भने । 

पछिल्लो समय स्याङ्जामा व्यावसायीक रुपले कुखुरा पालन गर्ने किसानहरुको संख्या बढ्दै गएको छ । व्यवासायी रुपले कुखुरा पालनमा किसानले रुची देखाएपनि दानाको गुणस्तर नजान्दा कुखुराबाट किसानलाई खासै फाइदा भएको देखिदैन । पशुपंक्षीको पोषण र स्वास्थ्यमा सबै भन्दा बढी ध्यान दिनु पर्ने पशु विकास अधिकृत वालिङका हुमनारायण श्रेष्ठले बताए । यो तालिमले स्याङ्जाका किसानहरुलाई थप उर्जा मिलेको श्रेष्ठको भनाई छ । किसानलाई बेला बेलामा यस्ता खालका तालिम उपलव्ध गराउन सकेमा किसानले सजिलो सगँ आफनो व्यवसायलाई अगाडी बढाउन सक्ने विश्वास श्रेष्ठको थियो।

तिनदिन सम्म चलेको तालिमको समापन गर्दै वालिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनन्तराज गैह्रेले राज्य बाट प्रदान गरिएको जानकारी मुलक तालिमले व्यवसायीक किसानलाई फाइदा पुगेको महशुष गरे । तालिम सिक्ने मात्रै होइन गैह्रेले भने,“यसको सहि बेला सदुपयोग गरेर आफ्नो पेशा व्यवसायलाई अगाडी बढाउ।” 
किसानका लागि तालिम पनि शिक्षा भएकाले किसानले यसको सदुपयोगमा ध्यान दिन गैहै्रले सहभागी किसानहरुलाई आग्रह गरे । तालिममा कुखुरा पालक, भैसी पालक, बाख्रा पालक किसानहरुको सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ