arrow

सुक्खा बन्दरगाहको काम कारबाही ठप्प

logo
प्रकाशित २०७४ असार ५ सोमबार
dry-port-birjung.jpg

पर्सा। भारतीय रेल सञ्जालसंग जोडिएको मुलुककै एक मात्र वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको काम कारबाही ठप्प भएको छ। विषालु सर्पको डसाइबाट मृत्यु भएका मजदुरका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वार नै अवरुद्ध गरेपछि गए राति १० बजेदेखि काम कारबाही ठप्प भएको हो।

बन्दरगाहको लोडिङ अनलोडिङ यार्डमा काम गर्ने मजदुर वीरगन्ज महानगरपालिका–१८ का ३५ वर्षीय राजकिशोर साहको आइतबार राति विषालु सर्पको डसाइबाट मृत्यु भएको थियो। शौच गर्न गएको बेला विषालु सर्पले टोक्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पताल बीरगन्जमा मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख ऋषिकुमार ढुङ्गानाले जानकारी दिए।

मृतक साहका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वारमा नै शव राखेर प्रदर्शन गरिराखेको त्यहाँबाट हुने मालवस्तुको ढुवानी कार्य अवरुद्ध भएको सुक्खा बन्दगाह सञ्चालक कम्पनी हिमालियन ट्रमिनल्सले जनाएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ