arrow

'एमालेले अरुण-३ मा अवरोध नगरेको भए नेपालले अहिले विजुली बेचिरहेको हुन्थ्यो'

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असार ७ बुधबार
dhanaraj-gurung.jpeg

पाँचथर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले काँग्रेसकै नेतृत्वमा संविधान निर्माण भएको हुँदा अव पनि काँग्रेसले नै स्थानीय तहको निर्वाचनमा जित हाँसिल गरेर पहिलो पार्टी बन्ने दाबी गरेका छन् । पाँचथरको फिदिममा बुधबार आयोजित बृहत चुनावीसभालाई सम्वोधन गुरुङले यस्तव् दाबी गरेका हुन् । काँग्रेसकै नेतृत्वमा शान्ति र संविधान स्थापना भएको हुँदा अव त्यसलाई कार्यान्वयन गर्दै अब तोकिएकै मितीमा तीनवटै तहको चुनाव हुने उनले बताए ।

यस्तै एमालेले मधेशको मुद्धाप्रति गम्भीर नबनेसम्म खोक्रो राष्ट्रवादको कुरा गरिरहेको आरोप लगाए । एमालेले अरुण ३ को हाइड्रो संचालन गर्न अवरोध नगरेको भए मुलुक यतिखेर विधुत उत्पादन गरी देश बाहिर समेत विक्री गरेर समृद्ध बनिसक्ने उनको भनाई थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे, पूर्व गृहराज्यमन्त्री दिपक प्रकाश वास्कोटा, पार्टी जिल्ला सभापति नरेन्द्र कुमार केरुङ, जिल्ला सचिव रुपनारायण जवेगु, बृजहाङ आङदेम्बे, मेयर पदका उम्मेद्धवार ओनाहाङ नेम्बाङ, नेताहरु मित्र प्रसाद काफले, हरिराज आङदेम्बे, बिमल धमला, सुमन लामा, लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ