arrow

जिम्मेवार पदाधिकारीले यसरी बढाउँदा रहेछन् भ्रष्टाचार

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
transparency-international-logo-new.jpeg

काठमाडौँ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका जिम्मेवार पदाधिकारीमा निजी स्वार्थका लागि काम गर्ने प्रवृत्ति हुनुले पनि मुलुकमा भ्रष्टाचार बढ्ने गरेको कानुनी र प्रशासनिक क्षेत्र विज्ञहरुले बताएका छन् । 

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले यहाँ आयोजना गरेको छलफल कार्यक्रममा ‘नेपालमा सरकार, न्यायालय र संसद्का पदाधिकारीद्वारा निजी स्वार्थका लागि पदको दुरुपयोगको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सरकारका पूर्वसचिव मोहन बन्जाडेले संसदमा सांसदहरुको गणपुरक नपुग्ने तर होटलहरुमा भीड हुने स्थिति, न्यायाधीशहरु सपथ लिएर पार्टी वा अन्यत्र भोजमा जाने, सरकारमा रहेका व्यक्तिहरु निजी स्वार्थको सर्तमा काम गर्ने प्रवृत्तिले तिनै क्षेत्रमा बेलाबखत प्रश्न उठ्ने गरेको बताए । 

गत वर्ष सार्वजनिक ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार मापन सूचकाङ्कमा सरकार, न्यायालय र संसद्का पदाधिकारीद्वारा निजी स्वार्थका लागि पदको दुरुपयोग गर्ने प्रवृत्ति पनि देखिएको थियो । 

उनले गरिब र तेस्रो मुलुकमा साना व्यापार र उद्यम विस्थापन गरी आफ्नो प्रभाव विस्तार गर्न बहुराष्ट्रिय कम्पनीले यहाँका कानुन र नीति परिवर्तनमा दबाबका कारण भ्रष्टाचारमा बल पुगेको बताए । 

कार्यपत्रमा टिप्पणी गर्दै कानुनका जानकार डा शङ्कर श्रेष्ठ र प्रशासनविद् द्वारिकानाथ ढुङ्गेलले मुलुकका लोकतान्त्रिक प्रणाली भए पनि भ्रष्टाचार र अनियमितताको जालोका कारण जनताले प्रभावकारी सेवा नपाएको बताए । 

व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका जिम्मेवार पदाधिकारीमा निजी स्वार्थका लागि काम गर्ने प्रवृत्ति हुनु उचित नभएको तर चर्चामा ल्याइए जस्तो त्यस्तो अवस्था नरहेको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ