arrow

धनगढी उपमहानगरपालिकाका काँग्रेसका मेयर र उपमेयरका उम्मेदवारको यस्तो प्रतिवद्धता 

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
nripha-sushila1.png

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नेपाली काँग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरुले दूरदृष्टि भएको प्रतिवद्धता जनाएका छन् । मेयरका उम्मेदवार नृप वड र उपमेयरकी उम्मेदवार शुशिला मिश्र भट्टले नेपाली काँग्रेसको चुनावी अभियानलाई सशक्त पार्ने गरी मतदातालाई आफ्नो प्रतिवद्धता पत्र नै सार्वजनिक गरेका छन् । अपीलमा अबका योजनाहरु लिपिवद्ध गरिएको छ । 

प्रतिवद्धता पत्र यस्तो छ –

‘काँग्रेस नेतृत्वमा शान्ति र संविधान
काँग्रेस कै नेतृत्वमा सम्मृद्घिको अभियान’
काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान !
संविधान कार्यान्वयनका लागि रुखमा मतदान !!

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
नेपाली काँग्रेस २०७४ असार १४ गते हुने स्थानीय तहको निर्वाचनको यो महत्वपूर्ण घडीमा नेपाली जनताको मुक्ति स्वतन्त्रता, न्याय र लोकतन्त्रको स्थापना तथा जनताको उन्नति र विकासका लागि भएका सबै आन्दोलन र संघर्षहरुमा आफ्नो जीवनको उत्सर्ग गर्ने समस्त शहीदहरुलाई हृदयदेखि स्मरण गर्दै सम्पूर्ण नगरबासी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक जय नेपालको अभिवादन व्यक्त गर्दछौं । 

नेपाली जनताले २०६२–०६३ सालको जनआन्दोलन र संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले स्थानीय तहलाई प्रत्यायोजन गरेका परिवर्तनका आकांक्षालाई मूर्तरुप दिन तथा संविधानले सुनिश्चितता गरेका जनताका आर्थिक, सामाजिक, साँस्कृतिक र समृद्धि लगायत स्थानीय तहले प्रयोग गर्न पाउने संवैधानिक अधिकारकोे कार्यान्वयनप्रति पूर्ण प्रतिवद्ध रहेको घोषणा गर्दै नीति, योजना र संरचना निर्माण गरि समृद्ध धनगढी उपमहानगरपालिकाको निर्माणका आधार तयार गर्न आमजनताको उन्नति, प्रगति र समृद्धिप्रति प्रतिवद्ध रहेको नेपाली काँग्रेस दृढतापूर्वक घोषणा गर्न चाहन्छ । 

हाम्रो यो प्रतिवद्धतापत्र मात्र नभएर कार्यान्वयनको सच्चा संकल्प पनि हो ।
क्षेत्रगत प्रतिवद्धता
१, सहरीकरण–
क,  धनगढी उपमहानगरपलिकालाई स्मार्टसिटी बनाइनेछ ।  
ख,  उपमहानगरपालिकाको उर्मालाई अत्याधुनिक शहरी सुविधासम्पन्न र सबैले गौरव गर्न लायक “नमुना गाउँ” बनाइनेछ ।  
ग,  गौरीफन्टा भन्सारलाई अन्तर्राष्ट्रिय स्तरको भन्सारनाका निर्माण गरि धनगढीलाई प्रदेश नम्बर ७ को प्रमुख शहरका रुपमा विकास गरिनेछ । 
घ,  नगरोन्मुख क्षेत्रमा अव्यवस्थित रुपमा रहेका बस्तिलाई व्यवस्थित गरि एकिकृत बस्ति निर्माण गरिनेछ ।  
ङ,  उपमहागरपालिकामा निर्माण हुने हरेक संरचना अन्तर्राष्ट्रिय स्तरका तथा भुकम्प प्रतिरोधी संरचना निर्माण गरि गरिनेछ । 
 च,  धनगढी उपमहानगरपालिकामा व्यवस्थित र अत्याधुनिक सुविधासम्पन्न सभागृह ९सिटीहल० निर्माण गरिनेछ । 

२, भूमि सम्वन्धी–
क,  धनगढी उपमहानगरपालिकामा विभिन्न समयमा नापनक्सा भएका तथा हालसम्म पनि जग्गाको स्वामित्व नपाएका, तर पाउन योग्य पर्ति जमिनको लालपूर्जा यथासिघ्र वितरण गरिनेछ । 
ख, माटो परीक्षणका लागि उपमहागरपालिकामा माटो परीक्षण केन्द्र स्थापना गरी ‘सोइल हेल्थ कार्ड’ उपलव्ध गराइने र सोही अनुरुपको भूमि व्यवस्थापन गरिनेछ । 
ग, ‘सोइल हेल्थ कार्ड’ को प्रतिवेदन अनुसार उपयुक्त जग्गामा उपयुक्त कृषि खेतीका लागि सिफारिस गरी आवश्यक अनुदान उपलव्ध गराइनेछ । 

३, नदी तथा खोलानाला व्यवस्थापन–
क,  उपमहानगरपालिकाको विभिन्न स्थानबाट बग्ने खुटिया, मोहना, शिवनगर नाला तथा सुकुटीनाला, कैलाली नाला, लगायतका नदी तथा खोलानाला किनारामा खुलापार्क निर्माण तथा वातावरणमैत्री साईकल ट्रयाक निर्माण गरिनेछ । 
ख,  खुटिया, मोहना, शिवनगरनाला तथा सुकुटीनाला, कैलाली नाला, लगायतका नदी तथा खोलानाला उचित व्यवस्थापन गरि वर्षायाममा हुने नदी कटान तथा मानवीय र भौतिक क्षतिबाट रोक्न नदीमा तटवन्ध गरिनेछ ।  
ग, धनगढी शहरको बीच बजारबाट बग्ने समृद्धिको प्रतिकका रुपमा रहेका नदीनालाहरुमा भएको प्रदुषण तथा अतिक्रमणलाई निरुत्साहित गरिने छ ।

४,वन व्यस्थापन–
क, धनगढी उपमहानगरपालिकामा रहेका सामुदायिक, कवुलियती वन र धार्मिक बनमा स्थानीय समुदायको स्वामित्वको क्षेत्राधिकार बढाएर बैज्ञानिक वन व्यवस्थापन गरिनेछ । 
ख, वनमा विभिन्न किसिमका जडीबुटी खेती गर्न समुदायलाई नै अग्रसर गराएर स्थानीय सरकारले नै जडीबुटी प्रशोधन केन्द्र स्थापना गरि स्थानीय समुदायको आयआर्जनमा बृद्धि विकास गरिनेछ ।  
ग, वडा तथा टोल बस्तीमा हरियाली क्षेत्र विस्तार गरि ‘ग्रिन सिटी’ निर्माण गरिनेछ । 
घ, धनगढीमा ‘ओपन जु’ को रुपमा विकास गरिने छ ।

५, कृषि व्यवस्थापन–
क,  धनगढी उपमहानगरपालिका किसानहरुको सुविधालाई दृष्टिगत गरी चटकपुर, गेटा, कैलाली गाउँ, फूलबारी, उर्मा र क्याम्पसरोड तथा अन्य आवश्यक क्षेत्रमा व्यवस्थित कृषि हाटबजारको व्यवस्थापन गरिनेछ ।
ख,  उपमहानगरपालिकाका प्रत्येक वडामा एक जना कृषि प्राविधिक  र एक जना पशुसेवा प्राविधिक रहने व्यवस्था गरिने छ । 
ग, २० जना कृषक समुह बराबर एक कृषि उद्यमी निर्माण गरि स्थानीय तहले ५००,००० (रु पाँच लाख) बराबरको नगद तथा आधुनिक प्राविधिको सहयोग गर्ने छ ।  
घ,  स्थानीय वातावरण हेरेर कुखुरापालन, वंगुर पालन, डेरी उद्योग, पुष्प व्यवसाय, उन्नत जातका पशुपालन र माछापालन जस्ता व्यवसायमा अनुदानको व्यवस्था गरिनेछ । 
ङ,  स्थानीय  कृषि सहकारी संस्थाहरुमार्फत किसानलाई मलखाद, किटनाशक औषधी, कृषि औजार र वीऊविजन सहुलियत दरमा उपलव्ध गराइनेछ । 
च,  धनगढीमा शितगृह ‘कोल्डस्टोर’ को स्थापना गरिनेछ ।
छ,  बगरखेती, बेमौसमी खेती, तरकारी खेती, सामुहिक खेती जस्ता कृषिजन्य कार्यलाई प्राथमिकतामा राखेर बेरोजगार तथा गरिबीको रेखामुनी रहेका परिवारका सदस्यहरुलाई लक्षित गरी तालिम, आर्थिक अनुदान तथा बजार व्यवस्थापनको सहायता उपलब्ध गराइने छ ।  
ज,  आवश्यकताअनुसार कृषि उत्पादन क्षेत्र घोषणा गरि आवश्यक पूर्वाधारको व्यवस्था गरिनेछ ।

६, शिक्षातर्फ –
क, कैलाली बहुमुखी क्याम्पसलाई प्रदेश नम्बर ७ को सामुदायिक विश्वविद्यालय निर्माण गर्न पहल गरिनेछ । 
ख, अनौपचारिक शिक्षा कार्यक्रम अन्तरगत मन्टेश्वरी विधिका वालविकास केन्द्र प्रत्येक वडामा संचालन तथा व्यवस्थापन गरिनेछ । 
ग,  पुस्तकालय, वाचनालय सामुदायिक सिकाई केन्द्र, बालक्लव तथा बाल सञ्जालको व्यवस्थापन गरिनेछ । 
घ,  धनगढी उपमहानगरपालिकामा भएका सामुदायिक विद्यालयलाई १० वर्षभित्र आधुनिक सुविधासम्पन्न बनाउने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ