काठमाडौं । राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई विशेष अदालतले थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।
अख्तियारले तेस्रोपल्ट म्याद थपका लागि शर्मालाई विहीबार विशेष अदालतमा पेस गरेको थियो । गएको १९ गते पक्राउ परेका शर्मा स्वतः निलम्बनमा परेका छन् । यसअघि शर्मालाई विशेष अदालतले दुईपटक अनुशन्धानका लागि थुनामा राख्न अनुमति दिइसकेको छ
यसअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई फरार सूचीमा राखेर सार्वजनिक सूचना नै जारी गरेको छ । अख्तियारले उनीहरुबारे सूचना दिनेलाई पुरस्कार दिने घोषणा समेत गरेको छ ।
तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको पालामा गठन भएको कर फर्स्यौट आयोगका पदाधिकारीले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका क्रममा अख्तियारले आयोगका सदस्य समेत रहेका चुडामणि शर्मालाई जेठ १९ जेठमा नियन्त्रणमा लिएको थियो ।