वैदेशिक रोजगार व्यवसायी संघमा ढकाल प्यानलको उम्मेदवारी घोषणा
प्रकाशित २०७४ असार ९ शुक्रबार
502
Shares
काठमाडौं । व्यवसायीको हक हित र सम्मान हाम्रो निरन्तर अभियान भन्ने नाराका साथ बिमल ढकालको नेतृत्वमा असार ३० गते हुने नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागी प्यानल घोषणा भएको छ।
संयुत्त व्यवसायी समुहका तर्फबाट बिमल ढकाल सहित १७ जनाको प्यानल सार्वजनिक गरिएको हो। सुक्रवार सार्वजनीक गरिएको प्यानलमा प्रथम द्धितिय र तृतिय उपाध्यक्षमा क्रमस प्रज्ञान न्यौपाने, भुवन ढकाल र नवल किशोर यादव रहेका छन्।
त्यस्तै सुजित कुमार श्रेष्ठ महासचिवको दावेदार वनेका छन्। ढकाल प्यानलबाट सचिवमा बिनोद जंग केशीको नाम छ भने कोषाध्यक्षमा राधिका कटुवाल चुनावी मैदानमा जाने उत्रिएकी छिन्।
२५ औ साधारणसभाबाट चयनका हुने नयाँ समितिमा अगाडी सारिएका ढकाल पक्षका भोजराज भुषाल, मेधनाथ भुर्तेल, इन्दिरा गुरुङ र सर्वधन तामाङ सदस्य पदमा चुवावी प्रतिस्पदामा छन्। कुमारबाबु श्रेष्ठ,दिनेश राय (राहुल), कृष्णकुमार जैशी , महमद जवारदिन मिया , गुणेन्द्र प्रसाद अम्मै र सुरज केसी समेत ढकालको प्यानलबाट सदस्यको लागी चुनावी मैदानमा जाने भएका छन्।