arrow

९६ हजार वर्ग किमी क्षेत्रफलमा खनिजको सम्भावना

logo
प्रकाशित २०७४ असार १० शनिबार
itogon-mining-1.jpg

काठमाडौँ । नेपालमा ९६ हजार वर्गकिलोमिटर क्षेत्रफलमा खनिज भेटिने सम्भावना देखिएको छ । खानी तथा भू–गर्भ विभागले गरेको अध्ययनमा नेपालका पहाडी, मध्यपहाडी र तल्लो हिमाली क्षेत्रमा खनिजको सम्भावना रहेको जनाएको हो । विभागका प्रवक्ता कृष्णदेव झाले सम्भावना रहेको ९६ हजार वर्गकिलोमिटरमध्ये ५० हजार वर्गकिलोमिटरमा अध्ययन गरिसकिएको र केही खानी सञ्चालनमा रहेको जानकारी दिए ।

हाल नेपालमा कोइला, फलाम, काइनाइट, चुनढुङ्गा, क्वार्ज, रातोमाटो, खरी, टुर्मालिन लगायतका खानी सञ्चालनमा रहेको प्रवक्ता झाले बताए । उनले भने, “खानी सञ्चालनका लागि १२१ कम्पनीलाई विभागले अनुमति दिए पनि हाल ८५ खानी मात्र सञ्चालनमा रहेका छन् ।”

यस्तै, विभागले चालु आर्थिक वर्षमा मात्र छ हजार १६५ वर्गमिटर खानीको अध्ययन गरेको छ । नवलपरासी, धादिङ, मुस्ताङ लगायतका जिल्लामा खानी रहेको विभागले जनाएको छ । विभागका प्रवक्ता झाले खानीको विस्तृत अध्ययन गरेर खानी सञ्चालनका लागि उत्पादक कम्पनीलाई अनुमति दिने बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ