arrow

प्रेम गीतको स्याड गीत सार्वजनिक(भिडियो)

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
prem-geet-3.JPG.jpeg
काठमाडौँ  । प्रेम दिवसको अवसरमा प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म  ‘प्रेम गीत’को स्याड गीत सार्वजनिक भएको छ । फिल्मको टाइटल गीतले देशभर चर्चा पाइरहेको बेला फिल्मको स्याड गीत ‘म त अलपत्रै पर्छु’ सार्वजनिक गरिएको हो । स्वरुपराज आचार्य र अञ्जु पन्तको स्वरमा रहेको गीतका शब्द डा. कृष्णहरि बरालले लेखेका हुन् । अर्जुन पोख्रेलको संगीत रहेको गीतमा पुजा शर्मा र प्रदिप खड्का देखिएका छन् । 

गीतमा बिछोड पछिको सम्झना देखाउन खोजिएको छ । मायालाई आफ्नो जिबन सम्झेर बाच्ने जोडीहरु बिछोड जीवनलाई अधुरो ठान्छ, मायालु बिना आफुलाई अलपत्र सम्झन्छ भन्ने सन्देश यो गीतले बोकेको छ ।

सुर्दशन थापाको निर्देशनमा तयारमा भएको प्रेम गीतलाई सन्तोष सेनले निर्माण गरेका हुन् । फिल्मको शिर्ष गीत म यस्तो गीत गाउँछु गीत जस्तै दोश्रो गीतले पनि दर्शकको मन जित्ने निर्माण पक्षले अपेक्षा गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ