- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ ।
कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन् । यो कार्य अब महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भने ।
तत्कालका लागि इन्टरनेट राख्ने स्थानमा स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ ।
त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ । त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुनेछ ।
एक वर्षअघि रत्नपार्कमा इन्टरनेट राखेपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि महानगरले अन्य स्थानमा पनि राख्ने तयारी गरेको हो ।
इन्टरनेट राख्नु पूर्व रत्नपार्कको आम्दानी वार्षिक रु ५० लाख हुने गरेको थियो । अहिले वार्षिक रु एक करोड आम्दानी हुने गरेको कामनपाको दाबी छ ।
रत्नपार्कमा इन्टरनेट राखेको एक वर्ष भयो, इन्टरनेटसँगै त्यहाँको सौन्दर्य पनि राम्रो बनाएपछि पर्यटकको आगमनमा वृद्धि भएको हो ।
त्यसैले अन्य स्थानमा पनि यस किसिमको व्यवस्था गर्न लागिएको बुझिएको छ । रासस