इरानी सर्वोच्च नेताद्वारा प्यालेस्टाइनलाई इजरायलको प्रतिरोध गर्न आग्रह
प्रकाशित २०७४ असार १३ मंगलबार
469
Shares
तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सोमबार प्यालेष्टाइन मुद्दा इश्लामिक समुदायको प्रमुख बिषय भएको भन्दै सम्पूर्ण मुशलमान समुदाय इजरायल विरुद्ध जहाँबाट जसरी हुन्छ सङ्घर्ष गर्न आग्रह गरेका छन् ।
इरानी जनताको जमघटलाई मुश्लिम पर्व इदका अवसरमा राजधानी तेहरानमा सम्वोधन गर्दै खामेनीले उक्त सन्देश दिएका हुन् । “इश्लिामिक धर्मशास्त्रले जहिले मुशलमानहरूको जमिन शत्रुले कब्जा गर्छ त्यहाँ जिहाद गर अर्थात् आफ्ना शत्रु विरुद्ध सङ्घर्ष गर भनेको छ,” खामेनीको भनाईलाई उद्धृत गर्दै प्रेस टिभीले जनाएको छ ।
आजका दिनमा यहुदी शासन विरुद्धको लडाई मुशलमानका अधिकारका लागि कर्तव्य वा आवश्यक भएको छ, खामेनीले इश्लामिक राष्ट्रवीचको एकता अपरिहार्य भएको आग्रह गर्दै सम्वोधनमा सहभागीलाई यसका लागि उत्प्रेरित गरे । विभाजन र कलह इश्लामिक समुदाय र मुलुकका लागि हानिकारक बनेको बताएका छन्।
खामेनीले हरेक शुक्रबार राजधानी तेहरानमा प्यालेष्टिनी जनताको समर्थनमा हुने गरेको अलकुदको विशाल जुलुसमा सहभागी भई दवाव सिर्जना गर्न पनि उक्त समारोहमा आग्रह गरे। हरेक शुक्रबार हुने जुलुसमा सहभागीले अमेरिका विरोधि नारा लगाउदै इजरायलद्वारा निरन्तर प्यालेष्टिनी भू–भाग कब्जा गरी वस्ती बसालेकोमा निन्दा गर्दै आएका छन् । सिन्ह्वा