- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुस । चिलीमा भइरहेको कन्फेडेरेशन कप फुटबलमा चिली फाइनलमा पुगेको छ । चिलीले सेमिफाइनलमा पोर्चुगललाई हराउँदै उपाधि यात्रा तय गरेको हो ।
चिलीले पोर्चुगललाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
पेनाल्टीमा चिली ३–० ले विजयी भयो । चिलीका लागि अर्तुरो भिडाल, चार्लस् आरांग्वेज र एलेक्सिस सान्चेजले सुरुवातमै लगातार गोल गरे ।
तर पोर्चुगलका सुरुवातका तीन खेलाडी पेनाल्टी गोल गर्न चुकेपछि चिलीले शानदार जित निकालेको हो ।
पोर्चुगलका रिकार्डो करिज्मा, जाओ मौटिन्हो र नानीले प्रहार गरेको बललाई चिलीका गोलरक्षक क्लाउडियो ब्राभोले रोकेपछि चिली विजयी भयो ।
चिलीको उपाधि भिडन्त अब जर्मनी र मेक्सिकोबीचको विजेतासंग हुनेछ ।
जर्मनी र मेक्सिको बिहीबार राति ११ः४५ बजे भिड्दै छन् ।