arrow

भारतको जीएसटी प्रणालीले के-के सामान हुने भयो महंगो ? (सूची सहित)

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ असार १७ शनिबार
GST_value.jpg

काठमाडौं । भारतमा शुक्रबार आधिरातदेखि सुरु भएको बस्तु तथा सेवामा समान कर सिस्टमले नेपालमा पनि महंगी बढाउने भएको छ । समान दरमा कर लगाउँदा करमा सहुलियत पाएका दैनिक उपभोग्य बस्तुहरुसँगै अधिकांश विलासी बस्तुहरुमा समेत महंगी बढ्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । अब नेपालमा आयात गरिँदै आएका विभिन्न बस्तुहरुमा नेपालीले दोहोरो कर तिर्नुपर्ने अवस्था रहेको छ । 

अब हामीले यसअघि तिर्दै आएको शुल्कमा केही बस्तु तथा सेवामा थप शुल्क लाग्ने भएको छ । भारतको जीटीएस परिषद्ले १२ सय ११ बस्तु तथा सेवाको जीटीएस दर तय गरेको छ । जसले भारत तथा नेपालका मध्यम र उच्च वर्गाीय व्यक्तिहरुलाई समेत प्रत्यक्ष असर पारेको छ । यो प्रणालीमा १८ प्रतिशत सरदरको दर कायम गरिएको छ । जुलाई एकदेखि लागू भएको प्रणालीले केके बस्तुलाई महगो गराउँदैछ ? सूचीसहित हेर्नुहोस् । 

भारतमा जुलाइ एक देखि भाउ बढ्ने बस्तुहरु 

- पनीर 
- कन्फ्लेक्स 
- कफी
- मसाला पाउडर 
- दही 
- घिउ 
- बिस्कुट 
- चुइङ्गम 
- आइसक्रिम 
- चिया
- चकलेट 
- मसला 
- एकहजार भन्दा बढी मुल्यको कपडा 
- स्याम्पू 
- परफ्यूम 
- एयर(कण्डिशनर 
- फ्रिज 
- वशिङ्ग मशीन 
- टेलिभिजन 
- ३५०सीसी भन्दा माथिका मोटरसार्इकल 
- एसयूवी 
- स्मार्ट फोन 
- ल्यापटप
- डेस्कटप 
- योगा म्याट 
- फिटनेस उपकरण 
- कोल्ड ड्रिंक्स
- चुरोट
- तमाखु 
- रक्सी
- अन्य विलासी सामानहरु
- आयुर्वेदिक तथा अन्य वैकल्पिक औषाधि
- सुन 
- सानो तथा मध्यम आकारको कार
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ