arrow

जीएसटी प्रभाव : भारतमा भटाभट घटाईँदै कार र मोटरसाईकलको मूल्य

logo
प्रकाशित २०७४ असार १७ शनिबार
bike_car.jpg

काठमाडौं । भारतमा शुक्रबार रातीदेखि जीएसटी प्रणाली लागू भएपछि कार तथा मोटरसाईकलको भाउ घटेको छ । मोटरसार्इकल तर्फ साधारण  मोटरसाईकलमा घाउ घटेको भएपनि हाइब्रिड्स तथा ३५० सीसी भन्दा माथिका इन्जिनवाला ठूला मोटरसाईकलहरुमा भने शुल्क बढेको छ । शुक्रबार भारत सरकारले सुरु गरेको जीएसटी प्रणालीले ३५० सीसी भन्दा माथिको मोटरसाईकलमा कर बढाएको थियो । 

कारहरुमा भने सामान्य र साना खालका कारहरुमा शुल्क बढेको छ भने ठूला र मह‌ंगा कारहरुमा भने मूल्य केही घटेको छ ।उक्त्र प्रणालीमा साना र कम मूल्यका कारहरुमा केही शुल्क बढ्ने बनार्इएको थियो ।  

यो प्रणालीको सुरुवात भएसँगै मारुती र सुजुकीले आफ्नो गाडीको मूल्यमा ३ प्रतिशत कतौती गरेका छन् । अर्थात् अब मारुती र सुजुकी गाडी ३ प्रतिशत सस्तो पर्ने भएको छ । ती कम्पनीहरुले देशभर एउटै जीएसटी रेट लागू भएकोले गाडीको मूल्य सस्तो परेको बताएका छन् । उनीहरुले 'एक देश एक ट्याक्स' को व्यवस्था लागू भएको र यसमा चुंगी कर पनि सामेल भएकोले मुम्बईका गाडी उत्पादकहरुलाई बढी फाईदा हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएकका छन् । 

केही कम्पनीहरुले भने शनिबारसाँझसम्म मुल्य घटाएको घोषणा गर्ने तयारी रहेको बताएका छन् । तर केहीले भने सोमबारसम्म केही नबोल्ने र त्यो समयसम्म जीएसटी सिस्टम आफ्नो सफ्टवेयरमा लागू गरी पार्टस्का विक्रेता र डिलरको मार्जिन समेत राखेर मूल्य घटाउने तयारी रहेको बताएका छन् । 

साना तथा मध्यम भन्दा पनि बढी एसयूवीज तथा सेडान कारको मूल्यमा बढी शुल्क कटौती भएको छ । मसलन, मर्सिडीजको मूल्य ३ लाख रुपैयाँ घटेको छ । जबकि हुण्डाईको पपुलर कारको मूल्य  ४० देखि ६० हजार रुपैयाँसम्म घट्ने अनुमान गरिएको छ । साना तथा सस्ता कारहरु भने तीन हजार जति सस्तो पर्ने देखिएको छ ।  

टोयोटाले जीएसटी दरका कारण फॉर्च्युनर एसयूवी को मूल्य २ लाख १ हजार रुपैयाँ कम हुन गईरहेको छ । दोस्रो तथा, इनोवा मल्टि(परपस को समेत ९० हजार रुपैयाँ सस्तो हुने भएको छ। हीरो मोटरसाइकल तथा स्कूटरमा समेत ५ प्रतिशत मूल्य घट्ने भएको छ। तर ३५० सीसी भन्दा बढीका मोटरसार्इकलको दर भने बढ्ने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ